अब मुगु मै बौद्ध शिक्षाको पढाइ हुने

निर्पेन्द्रबहादुर मल्ल
Read Time = 2 mins

मुगु । जिल्लाको पूर्वी मुगुम कार्मारोङ गाउँपालिका-३ चेजाङ्पुकमा बौद्ध शिक्षा पढाइ हुने भएको छ ।

मुगु जिल्लामा हाल सम्म सरकारी निकाय, स्थानिय तह बाट बौद्ध शिक्षाको पढाईको लागि कुनै पहल नभए पछि निजी लगानीमा आधारभुत तह सम्मको बा‌ैद्ध शिक्षा पढाइ हुने भएको हो ।

बाैद्ध शिक्षा पढ्नको लागि मुगुम कार्मारोङ्का लामा समुदायका बालबालिकाहरू बर्षेनी ५० देखि १ सय जना सम्म काठमाडौं र भारत जाने गर्दछन् ।

रिम्बोचे हिस्से साम्फो र उनकी धर्मपत्नी रिम्बोच्चे खाण्डो पेमा छोइडेलको आर्थिक सहयोगमा गुम्बा निर्माण भएको र यहि ओर्गेन डोढुल लिङ गुम्वामा पुजा, आजा र बौद्ध शिक्षा पढाइ हुने गुम्वाका अध्यक्ष खेम्बो कार्मा राप्केले बताउनु भयो ।

नयाँ गुम्वाको निर्माण कार्य पूरा भएपछि छोङ्ढुप पुजाको कार्यक्रममा बिधिवत रूपमा गुम्वा उद्घाटन गरिएको छ । नव निर्मित गुम्वाको लागत भने गोप्य राखिएको छ ।

जिल्ला बाहिर गएर बौद्ध शिक्षा लिनु पर्ने बाध्यात्मक अवस्था भए पनि अव देखी आप्नै ठाउँमा बौद्ध शिक्षा शुरू हुने भएपछि स्थानिय लामा समुदायका मानिसहरू खुशी भएका छन् ।

अब हाम्रो बालबालिकाहरू हाम्रै ठाउँबाट बौद्ध पढाइ हुने भएकोमा हामी खुशी छौ । अब काठमाडाैं, भारत जानू पर्ने बाध्यता छैन । वडा नं. ४ कार्तिक गाउँका दाक्पा तामाङ्ले बताउनु भयो । अब हामीहरूको लागि धेरै सहज भयो देवता, लामाको पुजा, आजा, र प्रार्थाना गर्नसमेत सहज भएको तामाङले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?