सौन्दर्यविद् गीता शाहलाई सर्वाेत्कृष्ट मेकअप आर्टिष्ट अवार्ड

Read Time = 3 mins

काठमाडौं । बरिष्ठ सौन्दर्यविद् गीता शाहलाई सर्वाेत्कृष्ट मेकअप आर्टिष्ट अवार्ड प्रदान गरिएको छ ।
“आठौं नेशनल क्यापिटल अवार्ड २०७८” क्यापिटल इन्टरटेनमेन्ट र शुभकामना मिडियाको सहकार्यमा भएको उक्त कार्यक्रममा सुन्दरताको पारखीहरुको सर्वाधिक रोजाईमा परेको नेपालकी चर्चित सौन्र्दर्यविदु शाहलाई बर्षको सर्वाेत्कृष्ट मेकअप आर्टिष्ट अवार्ड प्रदान गरिएको हो

बिगत एक दशक भन्दा बढी सौन्दर्य पेशामा आवद्धरहेर अन्तर्राष्ट्रिय स्तरको सेवासँगै ब्युटी एकडेमी संचालन गरेर ब्युटी एकेडेमीबाट ज्ञानसीप हासिल गरेकाहरुले नेपालको साथै युरोप तथा अमेरिकामा समेत रोजगारीको अवसर दिलाएर सयौंको संख्यामा सौन्दर्य जनशक्तिको उत्पादलमा पुर्याएको योगदानको उच्च कदर गर्दै महिला उद्धमी एवं सौन्र्दर्यबिद गिता शाहलाई उक्त अवार्ड प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ ।

प्रतिनिधि सभा सदस्य एवं पुर्व सुचना तथा संचारमन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा आयोजित उक्त अवार्ड कार्यक्रममा
गायक शम्भुजित बाँस्कोटा, शर्मिला गुरुङ, बद्री पङ्गेनी, रामजी खाँड लगायत ख्याती प्राप्त कलाकर्मी तथा संगीतकर्मीको उपस्थिति थियो ।

आयोजित अवार्डमा वरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । त्यस्तै मनोहर सुनामलाई दशकको संगीतकारको सम्मान प्रदान गरिएको थियो । संचारकर्मी सानुकाजी श्रेष्ठलाई पत्रकारिता रजत सम्मान प्रदान, त्यस्तै संचारकर्मी एमपी सुब्बालाई राष्ट्रिय पत्रकारिता सम्मान अर्पण गरिनुका साथै गायक अमृत खाती र गायिका सीता केसीलाई राष्ट्रिय युवाप्रतिभा सम्मान प्रदान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?