मानसरोवर माध्यमिक विद्यालयमा स्मार्ट बोर्डबाट कक्षा सञ्चालन

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । जिल्लाको सदरमुकाम सिमकोटमा रहेको मानसरोवर माध्यमिक विद्यालयमा आजबाट स्मार्ट बोर्ड कक्षा सञ्चालनमा आएको छ । हुम्लामा प्रविधिको माध्यमबाट पठनपाठन गर्ने मानरोवर माध्यामिक विद्यालय पहिलो भएको हो । विद्यार्थीलाई कक्षा सञ्चालन गर्न सहजका लागि स्मार्ट बोर्ड कक्षा सञ्चालनमा ल्याइएको विद्यालयका प्रधानध्यापक अमर बहादुर शाहीले बताउनुभयो । आजै एक कार्यक्रमका विच सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले स्मार्ट बोर्ड कक्षा सञ्चालनको उद्घाटन गर्नु भएको प्रधानध्याप शाहीले जानकारी दिनुभयो ।

विद्यार्थीलाई प्रविधिको प्रयोग गरी स्मार्ट बोर्डबाट अध्ययन गराउने सिमकोट गाउँपालिकामा रहेको मानसरोवर माध्यमिक विद्यालय पहिलो भएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो । विद्यालयमा युग सुहाउँदो र समय सापेक्षा हुने गरी स्मार्ट कक्षा सञ्चालन हुने पक्ष भएको अध्यक्ष भण्डारीले बताउनुभयो । गाउँपालिकाले आगामी दिनमा यस्ता प्रविधिका लागि सहयोग गर्ने प्रतिवद्धता अध्यक्ष भण्डारीले जनाउनुभएको थियो । यस्तै उद्घाटन सञ्चालन कार्यक्रममा गाउँपालिका अध्यक्ष भण्डारी, प्रमुख प्रशासकिय अधिकृत शुवास आले, वडाध्यक्ष क्रमश चीन रावत, नन्द रावतलगायत सञ्चारकमीको उपस्थित रहेको थियो ।

मानसरोवर माध्यमिक विद्यालयमा कक्षा ६ देखि १२ सम्म पठानपाठन हुँदै आएको छ । उक्त विद्यालयमा १२ वटा स्मार्ट बोर्ड खरिद गरिएकोमा ६ वडा बोर्ड विद्यालयमा आइ पुगेका छन् । भने बाँकी ल्याउने तयारी भइरहेको प्रधान ध्यापक शाहीले बताउनुभयो ।

यो बजेट नमुना विद्यालय विकास अनुदान कार्यक्रमअन्तर्गत शैक्षिक सुधार अनुदान संघिय सरकारको पालिका मार्फत विनियोजित भएको शाहीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?