काठमाडौं । “अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस्” भन्ने प्रश्ताव सर्वसम्मतिले पारित भएको छ ।
बुधवारको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले “अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस्” भन्ने प्रश्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभएको हो ।
प्रश्ताव प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रश्तुत गर्नुभएको थियो । प्रश्तावमाथि सांसदहरुले छलफल गरिसकेपछि पारित भएको हो ।
अध्यक्ष दाहालले भन्नुभयो “अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भन्ने प्रश्ताव सर्वसम्मति भएको घोषणा गर्दछु ।”
राष्ट्रिय सभाको अर्को बैठक चैत्र १५ गते बिहीवार सवा १ बजे बस्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच