
कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिका–५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको आगोले जलेर घाइते भएका ५० वर्षीया नन्दराम चौलागाईंको मृत्यु भएको छ ।
उनको बुधबार प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो ।
गत शुक्रबार घरमुनिको वनमा बाख्रा चराउन गएका बेला उनकी १२ वर्षीया छोरी हेमन्ती र नन्दाराम आगोले पोलिएर घाइते भएका थिए ।
घाइते बाबुछोरीलाई मान्म हुँदै जुम्लाबाट शनिबार बेलुकी हेलिकोप्टरमा सुर्खेत लगिए पनि उपचारका क्रममा आइतबार बेलुकी १२ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको थियो । त्यसको ठिक तीनदिन पछि बुधबार मध्यान्ह १२ : ०० बजे बुवा नन्दारामको पनि मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।
आगोले जलेर घाइते भएका नन्दाराम चौलागाईको उपचारको लागि कालीकोटका स्थानीय ब्यवसायी तथा आफन्त हिरामणि चौलागाईको पहलमा 'नन्दाराम बचाउ अभियान' सञ्चालन गरिएको थियो ।
वनमा बाख्रा चराउन गएको बेला एक्कासी तलबाट आएको आगोले दुवै बाबुछोरी जलेर घाइते भएका थिए ।
वनमा चराउन लिएका उनीहरुका ४५ वटा बाख्रा सबै मरेका छन् भने घरमा रहेका २ दिनका ६ वटा पाठा पनि दुध खान नपाएर मरेको छिमेकीआफन्तले बताएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच