
नवनियुक्त गृहमन्त्रीको चुरीफुरीको अवशान कृष्णबहादुर महराको अस्पतालवासले चकनाचुर पारिदिएको छ । ‘तँ कुटेजस्तो गर म रोएजस्तो गर्छु’ भन्ने उखानलाई चरितार्थ गर्दै महराको गिरफ्तारी र रिहाइको नाटक मञ्चनसँगै चुरीफुरीको अवशान भएको हो । आफ्नै टाउकोमुनि अनगिन्ती कानुनी पासोमा अल्झिएका गृहमन्त्रीले कारबाही र सुशासनको डिंग हाँक्ने काम शोभनीय होइन भनेर महरा प्रकरणमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले रविजीलाई सु–सन्देश प्रदान गर्नुभएको हो ।
सुन तस्करीमा संलग्नता भएको अभियोगमा पक्राउ पर्नुभएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख उहाँकै छोराको हाजिर जमानीमा छुट्नुभएको छ । हालका दिनहरूमा हाम्रो देशमा भइरहेका यस्ता अनेकौं प्रकरणहरूलाई हेर्ने हो भने देशका उच्चपदस्थ भनिएका दर्जनौं व्यक्तिहरूको संलग्नता देखिँदै आएको छ । अझै यथार्थ कुरा त यस्ता धेरै व्यक्ति अझै अभियोगबाट मुक्त रहन सफल भइरहेका छन् । पदीय हैसियतमा रहेका अनेकौं नेता तथा कर्मचारीहरूले प्रमाण मेटाएर आपूm चोखो देखिन सफल भएका हुन्छन् । आफन्तहरू वा निकटस्थ र विश्वसनीयहरुको नाममा सम्पत्ति लुकाउने र अन्य उनाउ मानिसलाई प्रयोग गरेर गरिएका यस्ता भ्रष्टाचार, अनियमितता र तस्करीतन्त्रको लाभमा चुर्लुम्म डुबेकाहरू समाजमा सफेद अनुहार देखाएर सम्मान प्राप्त गरिरहेका हुन्छन् ।

कृष्णबहादुर महरा पहिले जनमोर्चाबाट सांसद बन्नुभएको थियो । उहाँको पार्टीले २०४८ सालको संसद्मा नौ स्थान जितेर प्रतिनिधित्व गरेको थियो । पछि उहाँ डा.बाबुराम भट्टराई र पुष्पकमल दाहालहरूसँग माओवादी बनेर सशस्त्र विद्रोहको बाटोमा लाग्नुभयो । उहाँ माओवादीमा अरू नेताभन्दा फरक स्वभावको मानिनुहुन्छ । भद्र तथा सालीन व्यक्तित्व विकास गर्नुभएका महरा अरू माओवादीजस्तो जुरुक जुरुक गरेर उचालिएर बोल्ने, हात मिलाउँदा मर्काइदिने जस्तो हुनुहुन्नथ्यो । माओवादी पार्टीभित्र थोरैमात्र सालीन नेताहरूभित्र उहाँ पर्नुहुथ्यो । मन्त्री तथा सभामुखजस्ता उच्च पदमा पुग्न पनि उहाँ सफल बन्नुभयो तर पछिल्लो चरणमा उहाँका एकपछि अर्को करतुतहरू बाहिर आउन थाले ।
शान्ति प्रक्रियाको निष्कर्षमा माओवादी लडाकुहरूका लागि सरकारले दिएको रकम गोलमाल गर्ने मध्येमा उहाँको नाम अग्रस्थानमा आएको थियो । उहाँ एकजना चिनियाँसँग चुनावका लागि माओवादी पार्टीलाई पैसा माग गरेको प्रकरणमा मुछिन पुग्नुभयो । उहाँले यसका लागि पचास करोड रूपैयाँको माग गरिरहेको अडियो बाहिर आयो । यसबाट उहाँको सफेद व्यक्तित्वमा दाग लाग्न पुग्यो । यसपछि उहाँ सभामुखजस्तो गरिमामय पदमा रहेकै बेला संसद् सचिवालयकी एक जना महिला कर्मचारीका घरमा उहाँका श्रीमान् नभएको बेला राति मादक पदार्थसमेत पिएर र लिएर पुग्नुभएको र ती महिला कर्मचारीले आपूmमाथि उहाँबाट यौनदुव्र्यवहार भएको अभियोग लगाएपछि उहाँको गरिमामय व्यक्तित्वमा पूर्णरूपमा कालो पोतियो । यो यौनकाण्डलगत्तै उहाँले सभामुखजस्तो प्रतिनिधिसभाको उच्च पद गुमाउनुमात्र परेन हिरासतमा समेत रहनुप¥यो । सामान्य मानिस भएको भए उसले निकै ठूलो फौजदारी अभियोगको सामना गरी जेलको लामो समयसम्मको सजायसमेत भोग्नुपर्ने हुन्थ्यो । तर उहाँ केही समयपछि अभियोग लगाउने ती महिलाको बयान फेर्न लगाएर सजायबाट उन्मुक्ति पाउनुभयो ।

अहिले महरामाथि सुन तस्करीमा संलग्न भएको फेरि अर्को गम्भीर अभियोग लागेको छ । माओवादी पार्टीका उच्च स्तरका नेताहरू र उनीहरूका सन्तानहरूको सुन तस्करीमा संलग्नता रहँदै आएको विभिन्न चर्चा परिचर्चा भइरहेको सन्दर्भमा उहाँ पनि त्यसमा थपिन पुग्नुभएको हो । केही दिन पहिले यही अभियोगमा उहाँ पक्राउ पर्नुभएको थियो तर पक्राउ परेको केही दिनमै छोराको हाजिर जमानीमा छुट्नुभएको छ । यसबाट वर्तमान सरकारका प्रभावशाली भनिएका गृहमन्त्रीले केही गरेको जस्तो देखाउने प्रयास गर्नुभएको कुरा पानीको थोपामा परिणत भएको छ । उहाँका त्यस्ता प्रयास पहिले पहिलेकै जसरी बिस्तारै छायांमा पर्दै जान्छन् भन्ने कुरा महराको हाजिर जमानीको रिहाइबाट पनि पुष्टि भएको छ ।
केही गर्न होइन गरेको जस्तो देखाउन सरकार केही गरिरहेको छ । अन्ततः पार्टीका र पार्टी बाहिरका ठूला माछाहरू अभियोगबाट मुक्त हुन्छन् र उनीहरूको जीवन पहिलेकै जसरी सार्वजनिक र सक्रिय राजनीतिमा संलग्न भएरै बित्न पुग्छ । महराको हाजिर जमानीको छुट्काराले यसको पुष्टि हुन्छ । नेपाली कांग्रेससँगको सहकार्य असजिलो भएपछि प्रधानमन्त्री दाहाललाई गठबन्धन फेर्न मन लाग्यो तर माओवादी र एमाले मात्र भएर पनि संख्या अपुग हुने भएका कारण राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई फकाएर ल्याउनुपर्ने बाध्यताले उहाँले चाहेको पद दिन र उहाँका सर्तहरू मान्न ती दुवै दल बाध्य भएका हुन् ।
यसबाट रविको पनि पदलोलुपता स्पष्ट हुन्छ । रविका केही सर्त पूरा गर्न दिएको जस्तो गरेको र अन्ततः आफ्ना मानिसको बचाउ पनि गर्दै जाने रणनीति प्रमाणित भएको छ । जुन कुरा महराको रिहाइबाट समेत छर्लंग हुन्छ । विभिन्न अभियोगमा संलग्न पक्राउ गर्नु र तिनलाई तिनको अभियोग पुष्टि हुँदै जाँदा अभियोग अनुसारको दण्ड सजाय पनि हुनुपर्छ । यसो हुन सकेका खण्डमा कसैले पनि सरकारलाई नराम्रो मान्दैन । आलोचनाको सट्टा सरकारले प्रशंसा पाउँछ तर यो देखावटी हुनुहुँदैन । दोषीले यथार्थमै सजाय पाउनुपर्छ चाहे त्यो जोसुकै होस् । नत्र रविका प्रयास अन्ततः अहिले सबैले भनिरहेको जस्तो स्टन्टबाजीबाहेक केही हुने छैनन् । यो सबै देखावटी र नाटकीयजस्तो मात्र हुनजानेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच