वागमती प्रदेश सरकारद्वारा अनलाईनमार्फत पटके बाटो इजाजत पत्र भुक्तानी प्रणाली शुभारम्भ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । वागमती प्रदेश सरकारले अनलाईनमार्फत पटके (अस्थायी) बाटो इजाजत पत्र भुक्तानी प्रणाली शुरु गरेको छ ।

मंगलवार भक्तपुरको सल्लाघारीस्थित यातायात व्यवस्था सेवा कार्यालयमा एक कार्यक्रमबीच वागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले सो भुक्तानी प्रणालीको शुभारम्भ गर्नुभएको हो । त्यस अवसरमा उहाँले सेवाग्राहीलाई सुविधा दिन र राजश्व संकलनमासमेत तलमाथि नहोस् भन्ने उद्देश्यका साथ सो सेवा शुरुवात गरिएको बताउनु भयो । मन्त्री लम्सालले सो सेवा शुरुवात गरेर मन्त्रालयले एउटा महत्वपूर्ण काम गरेको उल्लेख गर्दै अरु धेरै सुधारको कामहरु गर्न बाँकी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘यो अनलाईन सिस्टम गर्ने वित्तिकै हामीले कार्यालय जानै परेन । कार्यालय नगईकन यो अस्थायी पटके अनलाईनबाट लिनेगरी यो व्यवस्थालाई शुरु गर्नका लागि हामीले विगत ३/४ महिनादेखि धेरै हिसावले छलफल गर्‍यौँ मन्त्रालयमा । धेरै राउण्डमा हामी ट्राफिक प्रहरीसँग पनि बस्यौं । यो फिल्डमा काम गर्ने साथीहरुसँग पनि बस्यौं । आइटीका साथीहरुसँग पनि बस्यौं । विभिन्न व्यवसायी साथीहरुसँग पनि बस्यौं । त्यसपछि हामी अनलाईनमा जाने निधोमा पुग्यौं । र आजबाट हामी यो शुरु गर्दैछौं । आज हामीले शुरु गरिसक्यौं । अव लाईन बस्नुपरेन, अफिल आउनु परेन । बढी पैसा तिर्नुपर्ने गुनासो पनि सुन्न परेन । हामी प्रविधिको हिसावले जाँदा सेवा लिने र दिनेबीच भेट गर्नु पनि परेन । र यसले यातायात कार्यालयको भीडलाई पनि कम गर्छ । सेवाग्राहीले सुविधा पनि पाउँछ । राजश्व सही ढंगले उठछ । र हामी सबै नयाँ ढंगले अघि बढ्छौं । र यो महत्वपूर्ण काम हो भन्ने हामीलाई लागेको छ । यातायात मन्त्रालय र यातायात क्षेत्रमा सुधार गर्नुपर्ने धेरै कुरा छ । यो एउटा अंश मात्रै हो ।’

कार्यक्रममा बोल्दै भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सो अनलाईन सेवाले सुशासनको क्षेत्रमा महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?