वागमती प्रदेश सरकारद्वारा अनलाईनमार्फत पटके बाटो इजाजत पत्र भुक्तानी प्रणाली शुभारम्भ

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । वागमती प्रदेश सरकारले अनलाईनमार्फत पटके (अस्थायी) बाटो इजाजत पत्र भुक्तानी प्रणाली शुरु गरेको छ ।

मंगलवार भक्तपुरको सल्लाघारीस्थित यातायात व्यवस्था सेवा कार्यालयमा एक कार्यक्रमबीच वागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले सो भुक्तानी प्रणालीको शुभारम्भ गर्नुभएको हो । त्यस अवसरमा उहाँले सेवाग्राहीलाई सुविधा दिन र राजश्व संकलनमासमेत तलमाथि नहोस् भन्ने उद्देश्यका साथ सो सेवा शुरुवात गरिएको बताउनु भयो । मन्त्री लम्सालले सो सेवा शुरुवात गरेर मन्त्रालयले एउटा महत्वपूर्ण काम गरेको उल्लेख गर्दै अरु धेरै सुधारको कामहरु गर्न बाँकी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘यो अनलाईन सिस्टम गर्ने वित्तिकै हामीले कार्यालय जानै परेन । कार्यालय नगईकन यो अस्थायी पटके अनलाईनबाट लिनेगरी यो व्यवस्थालाई शुरु गर्नका लागि हामीले विगत ३/४ महिनादेखि धेरै हिसावले छलफल गर्‍यौँ मन्त्रालयमा । धेरै राउण्डमा हामी ट्राफिक प्रहरीसँग पनि बस्यौं । यो फिल्डमा काम गर्ने साथीहरुसँग पनि बस्यौं । आइटीका साथीहरुसँग पनि बस्यौं । विभिन्न व्यवसायी साथीहरुसँग पनि बस्यौं । त्यसपछि हामी अनलाईनमा जाने निधोमा पुग्यौं । र आजबाट हामी यो शुरु गर्दैछौं । आज हामीले शुरु गरिसक्यौं । अव लाईन बस्नुपरेन, अफिल आउनु परेन । बढी पैसा तिर्नुपर्ने गुनासो पनि सुन्न परेन । हामी प्रविधिको हिसावले जाँदा सेवा लिने र दिनेबीच भेट गर्नु पनि परेन । र यसले यातायात कार्यालयको भीडलाई पनि कम गर्छ । सेवाग्राहीले सुविधा पनि पाउँछ । राजश्व सही ढंगले उठछ । र हामी सबै नयाँ ढंगले अघि बढ्छौं । र यो महत्वपूर्ण काम हो भन्ने हामीलाई लागेको छ । यातायात मन्त्रालय र यातायात क्षेत्रमा सुधार गर्नुपर्ने धेरै कुरा छ । यो एउटा अंश मात्रै हो ।’

कार्यक्रममा बोल्दै भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सो अनलाईन सेवाले सुशासनको क्षेत्रमा महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
नुवाकोट बस दुर्घटना अपडेट : दुई जनाको मृत्यु, तीन घाइते काठमाडौं उपत्यकाका पाँच स्थानबाट एलपी ग्यास वितरण सुरु नुवाकोटमा बस र इभी भ्यान भिरबाट खसे एशियाली खेलकुदमा पदकको विरासत फर्काउने लक्ष्यमा नेपाली बक्सिङ टोली गण्डकी प्रदेशमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजा खेती खुला गर्ने विधेयक… भोजपुरमा लाखे नाच संरक्षणमा जुटे युवा मुस्ताङको घरपझोङ गाउँपालिकामा स्वच्छ उर्जा प्रविधि प्रवर्द्धन परियोजना शुरु सर्वोच्च अदालतका कारण सरकारले लक्ष्यअनुसार कार्य सम्पादन गर्न सकेन : मुख्यसचिव कार्की इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु काठमाडाैंमा यी पाँच स्थानबाट आज ग्यास वितरण हुँदै