
दाङ । दाङमा अघिल्लो वर्षभन्दा यस वर्ष एसइई परीक्षा दिने विद्यार्थी सङ्ख्या घटेको छ । अघिल्लो वर्ष जिल्लाबाट १३ हजार चार सय ५२ जना एसइई परीक्षमा सहभागी भएका थिए ।
यस वर्ष १२ हजार ८ सय ९८ जना विद्यार्थी एसइईमा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाइ दाङका प्रमुख देवमणि चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष जिल्लामा पाँच सय ५४ जना विद्यार्थी घटेका हुन् ।
त्यसोत अघिल्लो वर्षको तुलनामा लुम्बिनी प्रदेशभित्रै एसइई परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या घटेको छ ।यस वर्ष ८३ हजार चार सय विद्यार्थी परिक्षामा सहभागी भएका छन । गतवर्ष परीक्षामा ८५ हजार चार सय २४ विद्यार्थी सहभागी भएका थिए । यवर्ष दुई हजार २४ विद्यार्थी घटेका हुन् । यसवर्ष नियमित तर्फ साधारण धारका ७७ हजार तीन सय ६४ र प्राविधिक तर्फ दुई हजार ९ सय ४६ गरी ८० हजार तीनसय १० र ग्रेड बृद्धितर्फ ३ हजार ९० गरी ८३ हजार चार सय विद्यार्थी परीक्षामा सहभागी भएका हुन् ।
दाङको राप्ती गाउँपालिकामा ३, लमही नगरपालिकामा ५, गढवा गाउँपालिकामा ३, राजपुर गाउँपालिकामा एक, बंगलाचुली गाउँपालिकामा एक, घोराही उपमहानगरपालिकामा १४, तुलसीपुर उपमहानगरपालिकामा १४, दंगीशरण गाउँपालिकामा दुई, शान्तिनगर गाउँपालिकामा दुई र बबई गाउँपालिकामा दुई वटा परीक्षा केन्द्रबाट १२ हजार ८ सय ९८ जना विद्यार्थी एसइईमा सहभागी भएका छन् ।
शिक्षा विकास तथा समन्वय एकाइ दाङका अनुसार जिल्लामा रहेका सामुदायिक विद्यालय तथा संस्थागत विद्यालय गरी दुई सय ४२ विद्यालयबाट १२ हजार ८ सय ९८ जना विद्यार्थीले एसइई परीक्षामा सहभागी भएका छन । यस वर्ष नियमिततर्फ १२ हजार दुई सय २८ विद्यार्थी परीक्षमा सहभागि भएका छन् । जसमा छात्रा ६ हजार चार सय ६५ र छात्र पाँच हजार ७ सय ६३ जना रहेका छन् । ग्रेड वृद्धितर्फ तीन सय ४७ जना रहेका छन् । जसमा छात्रा एक सय ९५ जना र छात्र एक सय ५२ जना रहेका छन् ।
एसइई दिनेमा छात्राको सङ्ख्या बढी शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । जसमा छात्रा ६ हजार ८ सय २२ र छात्र ६ हजार ७६ जना रहेका छन् । एकाइ प्रमुख चौधरीका अनुसार यो वर्ष जिल्लामा प्राविधिक धारतर्फ तीन सय २३ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । यस वर्षको एसइई परीक्षामा एक सय ६ सामुदायिक विद्यालयका ७ हजार ६ सय ७५ विद्यार्थी रहेका छन् । जसमा नियमित तर्फ ७ हजार २० जना र गे्रड वृद्धितर्फका तीन सय ३२ जना रहेका छन् । एक सय ३५ संस्थागत विद्यालयका पाँच हजार ३८ विद्यार्थी एसइईमा सहभागी भएका छन् । जसमा नियमिततर्फका पाँच हजार २३ र ग्रेड वृद्धितर्फ १५ जना रहेका छन् । सामुदायिक खुल्ला विद्यालयका एक सय ८५ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । सबै नियमिततर्फका रहेका छन् ।
जिल्लामा यस वर्ष ६ जना दृष्टिविहीन विद्यार्थीले एसइई परीक्षा दिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख चौधरीले जानकारी दिनुभयो । जसमा तुलसीपुरमा रहेको गुरु जजुर माध्यमिक विद्यालयबाट ४ जना र आदर्श माध्यमिक विद्यालय लालमटियाबाट दुई जना एसइई परीक्षा दिएको एकाइले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच