दुरदराजका नागरिकलाई प्रहरी सेवाको प्रत्याभुति दिलाउन निर्देशन 

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले दुरदराजमा रहेका नागरिकहरुलाई प्रहरी सेवाको प्रत्याभुति दिलाउने गरी काम गर्न निर्देशन दिनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरको मातहतमा रहेको इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङ र प्रहरी चौकी जरायोटारको निरीक्षणका क्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बास्तोलाले प्रहरीले नागरिकको सुरक्षा, अपराध नियन्त्रण र संगठनको हितको लागि इमान्दारी पुर्वक पदिय दायित्व निर्वाह गरी काम गर्न मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई निरन्तरता दिदै लामो तथा छोटो दुरीको गस्ती परिचालन गरी सचेतनामुलक कार्यक्रम संचालन गरी समाजमा घट्ने बिभिन्न प्रकारका अपराधका घटनाहरुलाई निरुत्साहित गर्न पनि प्रमुख बास्तोलाले निर्देशन दिनुभयो । शोषित, पिडित, असहाय, गरिव, जेष्ठ नागरिक तथा पिडामा परेका व्यक्तिहरुलाई प्राथमिकताका साथ सहयोग गर्दे हरदम प्रहरी तत्पर रहनु पर्ने बताउँदै प्रदेश प्रहरी प्रमुख बास्तोलाले आमनागरिकसँग सभ्य र शिष्ट भाषामा ब्यवहार गर्न सचेत गराउनुभयो ।

अवलोकन तथा निरीक्षणकोक्रममा प्रदेश प्रहरी प्रमुख बास्तोला मंगलवार भोजपुर आउनु भएको हो । उहाँले  आज जिल्ला प्रहरी कार्यालय भोजपुर मातहत रहेका ईलाका प्रहरी कार्यालय तिवारी भंज्याङ र प्रहरी चौकी जरायोटारको निरीक्षण भ्रमण गर्नु भएको छ । कार्यालयको निरीक्षण पश्चात वहाँले कार्यरत प्रहरी कर्मचारीहरुको समस्या तथा गुनासाहरु सम्बोधन गर्नु भएको थियो ।

भौगोलिक कठिनाईका बाबजुत पनि प्रहरीले नागरिकको सुरक्षा, अपराध नियन्त्रण र संगठनको हितको लागि इमान्दारी पुर्वक पदिय दायित्व निर्वाह गरी प्रहरी काम कारवाही गर्न उहाँले निर्देशन दिनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?