बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा जिरी नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३२ तिनकुने बस्ने ४१ वर्षीय शिव बहादुर खड्कालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनबाट बैंकिङ कसूर मुद्दामा २ दिन कैद र ९ लाख ९० हजार रूपैयाँ जरिवाना तथा क्षतिपुर्ति बापत पीडित राहत कोषमा ३९ हजार ६ सय रूपैयाँ जम्मा गराउने फैसला ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर ग्वार्कोबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर पठाइएको प्रहरीले जनाएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?