काठमाडौं । उमेर बढ्दै जाँदा हामीर्मा बुढ्यौलीका संकेत देखिन थाल्छन् । छाला रुखो हुन्छ । केस पातलिन्छ, अनि सेतो हुन्छ । दाँत कमजोर हुन्छन् । पेट भद्धा हुन्छ । अनुहार चाउरिन्छ । यो प्राकितिक नियम हो । यस पृथ्वीमा जन्मिएका प्रायसबै प्राणीमा यो नियम लागु हुन्छ । जीवनचक्र नै यस्तै हो, बच्चा, किशोर, जवान, बयस्क हुँदै हामी बुढो हुन्छौ ।
कतिपय अवस्थामा भने उमेर नपुगी नै हाम्रो अनुहार चाहुरिन थाल्छ । बुढ्यौलीका लक्षणहरु देखिन थाल्छन् । कारण अस्वस्थ्य जीवनशैली र असन्तुलित खानपान हो । जसले हाम्रो शरीरलाई जीर्ण बनाउँछ । तर हामी चाहन्छौ, सधै जवान हुन पाइयोस्, जवान देखिन पाइयोस् । आज जवान देखिने केही टिप्सहरुको बारेमा चर्चा गर्दैछौं ।
बुढ्यौलीमा कसरी जवान देखिने?
- प्यास नलागे पनि बारम्बार पानी पिउँ, धेरैजसो स्वास्थ्य समस्या शरीरमा पानीको कमीले हुन्छ। ३ लीटर न्यूनतम प्रतिदिन।
- शरीर चलाइरहुँ, काम गरौं। अबयिचष्भक दगचल गर्न पैदल, साइक्लिङ, पौडी वा अरु खेलकुद गरौं।
- खाना कम गरौं। प्रोटीन, कार्बोहाइड्रेट आधारित खाद्य पदार्थहरुको धेरै प्रयोग गरौं।
- सकेसम्म मोटरसाइकल वा मोटर नचढौं। नजिक जानलाई खुट्टाले हिंडौं। आवश्यक भए मात्र गाडीघोडा, कार, मोटर चढौं। लिफ्टभन्दा भर्याङ चढौं।
- क्रोध छोडौं, चिन्ता छोडौं। सकभर केही कुरालाई बालै नदिउँ। प्रायस् सकारात्मक मान्छेसँग मात्र कुराकानी गरौं।
- आफ्नो वरिपरिका मान्छेहरुसँग भेटौं, हाँसौं, बोलौं। सदैब एयकष्तष्खभ भएर हरेक कष्तगबतष्यल मा आफूलाई mभलतबििथ कतचयलन बनाऔं।
- पछुतो कहिल्यै नगरौं। नपाउने चीजको आशा नगरौं। अपेक्षा छोडौं।
- पैसा, पद, प्रतिष्ठा, शक्ति, सुन्दरता, जातिय गौरव र प्रभावले अहंकार बढाउँछ। विनम्रताले मात्रै मान्छेहरुको माया पाइन्छ।
- कपाल फुल्दै जानु जीवनको अन्त्य होइन बरु एक सुन्दर जीवनको प्रारम्भ हो। आशावादी बनौं। यात्रा गरौं, पुस्तक पढौं, आनन्द लिउँ।
- आफूभन्दा सानालाई माया गरौं,। सहानुभूति र आत्मीयपन बढाउँ। कुनै व्यंग्यात्मक कुरा नबोलौं।
- ओठमा सदा मुस्कान राखौं। अतीतमा जतिसुकै ठुलो पदमा रहेको भए पनि वर्तमानमा त्यो बिर्सिदिउँ। सबैसँग मिलेर बसौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच