काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न अलोइ प्रालिसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । समझदारीपछि ग्लोबल आइएमई बैंकले अलोइको कर्जा अनुगमन प्रणाली प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवाको प्रभावकारी कार्यान्वयन गर्न सक्नेछ ।
समझदारीले वातावरणमैत्री क्षेत्रमा कर्जा प्रवाह र प्रवद्र्धन गर्न थप मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटा जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
त्यसैगरी बैंकले अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स कारोबारसमेत गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच