काठमाडौं । गीतकार डम्बर यक्सोको नयाँ गीत ‘नछोड बिन्ती साथ मेरो’ सार्वजनिक भएको छ । शान्तिराम राईले लय, राजु कार्कीको एरेञ्ज, मेलीना राई र अशोक मुकारुङको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सेवा रेकर्डिङ स्टुडियोमा रेकडिङ गरिएको गीतमा योगेन मुकारुङले रेकड र मिक्सिंङ छ । भिडियोमा स्वयम गायक अशोक मुकारुङ र रमिला मोक्तानको अभिनय छ । जयन्द्र कुवरको छायांकन, ल्यासेस स्टुडियोको शृंगार, देव राईको नृत्यनिर्देशन र जीवन मुकारुङको निर्देशन एवं सम्पादन छ भिडियोमा ।
कवि गीतकार डम्बर यक्सो पूर्वब्रिटिश आर्मी हुन्, ब्रिटिश सरकारले दिएको सम्पूर्ण सुविधा त्यागेर आफ्नै देश आफ्नै माटो र समाजलाई केही गर्न सकिन्छ भन्ने अठोटसहित समाजसेवा र विभिन्न संघसंगठनमा आबद्ध भई काम गरिरहनु भएको छ ।
आफ्नो कार्य व्यस्ततासँगै गीत, कविता, फुटकर लेखहरू लेख्दै आउनुभएका गीतकार यक्सो हाल ‘मेरा मनका अब्याक्त भावहरू’ कविता संग्रह प्रकाशनको अन्तिम चरणको तयारीमा जुटिरहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच