नयाँदिल्ली । चोटका कारण कुलदीप यादवले इण्डियन प्रिमियर लिग (आइपिएल)का आगामी केही खेल गुमाउने देखिएको छ । तिघ्राको चोटका कारण पछिल्ला दुई खेलबाट उहाँ टिमबाहिर हुनुहुन्थ्यो । कुलदीपलाई आराम गर्न सल्लाह दिइएको छ । उहाँ फेरि कहिले खेल्न तयार हुनुहुनेछ भन्नेबारे कुनै पुष्टि भएको छैन । यद्यपि कुलदीपको चोट गम्भीर छैन । हाल उहाँ मुम्बईमा हुनुहुन्छ ।
कुलदीपले टोलीका लागि पछिल्ला दुई खेल गुमाइसक्नुभएको छ । चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा उहाँ प्लेइङ इलेभेनमा पर्नुभएको थिएन ।
यस्तै, आइपिएलको नयाँ सिजनमा मुम्बई इण्डियन्सको सुरुवात अहिलेसम्म चाहेअनुसार हुन सकेको छैन । पहिलो तीन खेलमा पराजय भोगेको मुम्बई अंक तालिकाको पुछारमा छ । टोलीको ब्याटिङ अर्डरमा सन्तुलन नमिलेको देखिन्छ । मुम्बईको संकटमोचक मानिने सूर्यकुमार यादव चोटका कारण अहिले प्लेइङ इलेभेनको हिस्सा बन्न सक्नुभएको छैन ।
टोली व्यवस्थापनले उहाँ छिट्टै फर्कने जानकारी दिइरहेको छ । सूर्यकुमार पछिल्लोपटक २०२३ डिसेम्बरमा क्रिकेट मैदानमा प्रवेश गर्नुभएको थियो । दक्षिण अफ्रिकाविरुद्धको खेलमा उहाँको खुट्टामा चोट लागेको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच