मञ्जु मैनाली/हिटा
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाका कृषकलाई अनुदानमा कृषि यन्त्र वितरण गरिएको छ । थाहा नगरपालिका ३ मा रहेको शुभारम्भ कृषक सहकारीले शनिबार एक कार्यक्रमबीच सदस्य कृषकलाई अनुदानमा कृषि यन्त्र वितरण गरेको हो । कृषि विकास निर्देशनालय बागमती प्रदेशको व्यावसायिक तरकारी खेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्र चितवनसँगको सहकार्यमा ५० प्रतिशत अनुदानमा मिनी टिलर १० थान, पानी तान्ने सर्मसियल मोटर छ थान, सिँचाइ उपकरण, तौल काँटा सात थान, स्प्रेयर पम्प १८ थान, गार्डेन पाइप ७५ केजी, ६-१२ को टनेल प्लाष्टिक आठ थान, तरकारी बिउलगायत जैविक विषादी वितरण गरिएको सहकारीका अध्यक्ष विक्रम विष्टले बताउनुभयो ।
कृषकलाई कृषिकार्यमा सहजताका साथै उत्पादनमा वृद्धि गर्न कृषि यन्त्र उपकरणले सहयोग पु¥याउने भएकाले कृषि ज्ञान केन्द्र चितवनसँग माग गरी कृषि उपकरण वितरण गरिएको विष्टले जानकारी दिनुभयो । थाहा नगरपालिकाका नगरप्रमुख विष्णु विष्ट उपस्थित कार्यक्रममा निवर्तमान नगरप्रमुख लवशेर विष्ट, वडाध्यक्ष हिरेन्द्रकुमार रायमाझी, वडा सदस्य कृष्णकुमार कार्की, कृषि प्राविधिक रोहिणी स्याङ्तानको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच