
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले सुनसरीको धरानमा शाखा विस्तार गरेको छ । धरानको रमाइलोचोकस्थित मुकुमलुङ कम्प्लेक्समा शाखा सञ्चालनमा ल्याएको हो ।
शाखाको आइतबार नेपाल राष्ट्र बैंकका विराटनगर कार्यालयका निर्देशक इन्द्र मैनाली, ब्रिटिस गोरखा सैनिकबाट सेवानिवृत्त मेजर मनबहादुर गुरुङ र बैंकका डेपुटी सिइओ गोरख राणाले संयुक्तरूपमा उद्घाटन गरेका थिए । प्रायोरिटी बैंकिङ ग्राहकका लागि छुट्टै बैठक कोठा र प्रतीक्षा लाउन्जसहित शाखामा पार्किङका लागि पर्याप्त स्थान र एटिएम सुविधा रहेको बैंकले जनाएको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) गोरख राणाले द्रुतरूपमा बजार बढिरहेको धरानमा बैंकको शाखा उद्घाटन गर्न पाउँदा खुसी लागेको बताउँदै ग्राहकमाझ बैंकको उपस्थिति अझ बलियो बनाउने योजना रहेको बताउनुभयो ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको उद्देश्य वाणिज्य र समृद्धि अघि बढाउन र देशको दीर्घकालीन आर्थिक वृद्धिमा योगदान पुर्याउने भन्दै उहाँले देशका अन्य भागमा पनि शाखा विस्तार गर्दै जाने जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच