धनुषाधाम । धनुषाको ५ वटा पालिकालाई सेवा दिनेगरी मिथिला नगरपालिकास्थित ढल्केवरमा मालपोत कार्यालय सार्न लागेको बिरोधमा स्थानीयहरुले प्रदर्शन गरेका छन् ।
जनकपुरधामको विकासमा अवरोध खडा गर्नेगरी मालपोत कार्यालय सार्ने निर्णय गरिएको भन्दै मालपोत बिरुद्धको संघर्ष समिति गठन गरेर त्यहाँका स्थानीय प्रदर्शनमा उत्रिएका हुन् ।
गोप्य रुपमा मालपोत कार्यालय सार्ने विषयमा आफूहरुलाई जानकारी भए लगत्तै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएपनि वास्ता नगरेकाले संघर्षमा उत्रिनु परेको संघर्ष समितिका संयोजक रमण सिंहले जानकारी दिनुभयो ।
प्रदर्शनमा उत्रिएका स्थानीय मालपोत कार्यालय धनुषाको काम एक घण्टा अवरुद्ध गर्नुका साथै एक घण्टा चक्का जाम समेत गरेका छन् । २०७२ साल असोज १४ गते मन्त्रीपरिषदको निर्णयअनुसार धनुषाको ५ पालिकालाई सेवा प्रदान गर्नेगरी मिथिला नगरपालिकास्थित ढल्केवरमा कार्यालय सार्न लागिएको हो । सो कार्यालयबाट धनुषाको धनुषाधाम नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, सबैला नगरपालिका र बटेश्वर गाउँपालिकालाई सेवा प्रदान गरिनेछ ।
यद्यपि संघर्ष समितिले प्रत्येक पालिकामा मालपोतको सेवा प्रदान गर्नेगरी कार्यालय खोलिए मात्रै कार्यालय सार्ने निर्णय आफूहरुलाई मान्य हुने जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच