![लुम्बिनीका मुख्यमन्त्री महराले शुक्रबार विश्वासको मत लिने](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/lumbini-mahara.jpg)
काठमाडौं । प्रभु बैंक र नेपाल क्लियरिङ हाउस (एनसिएचएल)का बीच नेपाल र भारतबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा प्रभु बैंकका प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त र एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार अन्तरदेशीय कारोबार क्रस बोर्डर भुक्तानी सेवा सुरु भएपछि नेपालमा रहेका भारतीय नागरिकले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै प्रभु बैंकमा खोलिएको कुनै पनि युपिआई हृयाण्डल लिंक गरिएको खाताबाट भारतमा रहेको आफ्नो खातामा सिधै रकम पठाउन सक्ने सुविधा उपलब्ध हुनेछ ।
राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर दैनिकरूपमा १५ हजार भारतीय रुपैयाँ र मासिक एक लाखसम्म भारतीय रुपैयाँ भारतमा पठाउन सम्झौताले सहज हुने विश्वास बैंकले जनाएको छ ।
भारतमा रहेका नेपालीले पनि युपिआई इनेबल्ड एप प्रयोग गरेर नेपालमा प्रभु बैंकको युपिआई हृयाण्डल लिंक गरिएको खातामा सिधै रकम पठाउन सक्ने बैंकले जनाएको छ ।
हाल भारतमा रहेका नेपालीले भारतीय बैंकमा खोलेको खाताबाट प्रतिकारोबार दुई लाख भारतीय रुपैयाँसम्म र खाता नभएको खण्डमा एक वर्षमा १२ भन्दा बढी कारोबार ननाघ्ने गरी भारतीय बैंकबाट प्रतिकारोबार ५० हजारसम्म भारतीय रुपैयाँ पठाउन सक्ने व्यवस्था रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच