
काठमाडौं । कामना सेवा विकास बैंकले पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, पोखरामा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण गरेको छ । पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालको उपस्थितिमा कामना सेवा विकास बैंकका सञ्चालक बलराम बरालले विश्वविद्यालयका रजिष्ट्रार प्राडा दिपकवहादुर भण्डारीलाई हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा उपकुलपति अर्यालले विश्वविद्यालयको सर्वांगीण विकास, कर्मचारीले प्राप्त गर्ने बैंकिङ सेवामा कामना सेवा विकास बैंकको उत्कृष्ट योगदान भएको बताउनुभयो । विश्वविद्यालय स्थापनादेखि नै शिक्षण अस्पताल स्थापनाको सपना देखिएको हाल शिक्षण अस्पतालले सय शैय्याको सञ्चालन अनुमति प्राप्त गरिसकेको उहाँले जानकारी दिनुभयो ।
विश्वविद्यालयको शैक्षिक विकास, कर्मचारीको वित्तीय पहुँच तथा वित्तीय सेवा, सामाजिक सेवा तथा विद्यार्थीको शैक्षिक भविष्यको साझेदार बन्न पाएको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले खुसी व्यक्त गर्नुभएको थियो । सोही अवसरमा बैंक र विश्वविद्यालयबीच वित्तीय सेवा सुविधा प्रदानसम्बन्धी सम्झौतापत्रमा समेत हस्ताक्षर भएको थियो । सम्झौतापत्रमा विश्वविद्यालयका रजिष्ट्रार प्राडा दिपकबहादुर भण्डारी र बैंकका प्रमुख कार्यकारी अधिकृत थकालीले हस्ताक्षर गर्नुभएको बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच