काठमाडौं । मानवता प्रवद्र्धनका लागि आयोजना हुन लागेको सांगीतिक कार्यक्रमको तयारीका लागि नेपालबाट व्यवस्थापकीय टोली शुक्रबार बेलायत प्रस्थान गरेको छ । मानवसेवा आश्रम बेलायत च्याप्टरको निमन्त्रणा एवं आयोजनामा आगामी मे ५ मा बेलायतमा हुने समाजसेवी तथा लोकप्रिय गायिका आनी छोइङ डोल्मा सांगीतिक कन्सर्टको तयारीका टोली बेलायत प्रस्थान गरेको हो ।
मानवसेवा आश्रमको सहयोगार्थ गायिका आनीले क्याम्बर्लीको लेकसाइड कन्ट्री क्लबमा ‘इनर मेलोडी फर इनर पिस’ कार्यक्रममा सांगीतिक प्रस्तुति दिनुहुनेछ । व्यवस्थापकीय तयारीका लागि नेपालबाट मानवसेवा आश्रमका केन्द्रीय महासचिव सुशीला केसी, केन्द्रीय सचिव एवं प्रवक्ता सुमन बर्तौला र मानवसेवा आश्रम बेलायत च्याप्टरका कोषाध्यक्ष चन्द्र अर्याल बेलायत प्रस्थान गरेका हुन् ।
कार्यक्रममा १५ सयजनाको सहभागिता गराउने र मानव सेवा आश्रमका लागि एक लाख पाउण्डभन्दा बढी सहयोग जुटाउने आयोजकको लक्ष्य रहेको छ । कन्सर्टपछि मे १८ सम्म मानवसेवा आश्रमको सेवा र भावी योजनाबारेमा बेलायतमा रहने मानवताप्रेमीहरूमा जानकारी गराउन एवं नेपालमा भइरहेको मानवीय सेवा सन्दर्भमा अन्तरक्रिया कार्यक्रमका लागि मिट एण्ड गीत कार्यक्रम आयोजना गर्ने आयोजकको कार्यतालिका छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच