
ललितपुर । चलचित्र ‘एक्टर’को शुभमुहूर्त गरिएको छ । मंगलबार कार्यविनायक मन्दिर भैँसेपाटीमा वैदिक विधिबाट पूजापाठ गर्दै राजन भुसालको निर्देशन रहने चलचित्र ‘एक्टर’को शुभमुहूर्त गरिएको हो ।
शुभमुहूत समारोहमा अभिनेता प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, दिव्य देव लगायतको सहभागिता थियो । चलचित्रमा अभिनेता राजवल्लभ कोइरालाको पनि अभिनय रहनेछ । कोइरालाले यसै चलचित्रबाट अभिनयमा कमब्याक गर्न लाग्नुभएको छ ।
यो चलचित्र थमनकुमार भण्डारीको लगानीमा निर्माण हुन लागेको हो । अदृत फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रका सह–निर्मातामा एनिस भुसाल र सार्थक केसी रहनुभएको छ । नरेन्द्र मैनालीको छायांकन रहने यो चलचित्रलाई तिहारको अवसर पारेर कात्तिक १५ गते लक्ष्मीपूजामा सिनेमाघरमा ल्याउने निर्माणपक्षले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच