
प्रज्ज्वलराज भट्ट आफ्नो व्यवसाय सँगसँगै कलाकारिता क्षेत्रमा पनि आफूलाई संलग्न गराउँदै आउनुभएको छ । सानैदेखि नै कला क्षेत्रमा लगाव राख्नुहुने उहाँ यतिबेला एउटा राम्रो अभिनय र नृत्य कौशल भएको कलाकारका रूपमा परिचित हुनुहुन्छ । कान्तिपुर फिल्म एकेडेमीबाट अभिनय तथा डान्सको डिप्लोमा गर्नुभएका भट्टले एक दर्जन जति गीतका भिडियोमा आफ्नो कौशल प्रस्तुत गर्नुभएको छ । आफूलाई कला क्षेत्रमै स्थापित गर्ने सोचले निरन्तर यो क्षेत्रमा लागिरहनुभएका उहाँले नारायण थापाको स्वरमा रहेको ‘चोखो मायामा’, मेलिना राईको ‘मुटु रेटियो’, अनु चौधरीको ‘खुशी तिमीलाई’ लगायतमा अभिनय तथा नृत्य गर्नुभएको छ । आफ्ना आधा दर्जन जस्तो गीतका भिडियो दर्शकमाझ आउने क्रममा रहेको उहाँ बताउनुहुन्छ । अभिनय सँगसँगै नृत्यमा रुचि राख्नुहुने भट्ट नयाँ-नयाँ ठाउँमा घुम्न, पुस्तक पढन, भ्लगहरू बनाउन र सफल व्यक्तिहरूको जीवनी पढन आफ्नो रुचि रहेको सुनाउनुहुन्छ । आफू हरेक क्षेत्रमा चुनौती सँगसँगै अवसर देख्ने बताउनुहुने प्रज्ज्वलराज भट्टसँग हिमालय टाइम्स दैनिकका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अशंः-
अहिले के गर्दै हुनुहुन्छ ?
कला क्षेत्रको व्यक्ति भएका हुनाले त्यही क्षेत्रका कार्यमा आफूलाई संलग्न गराउँदै आएको छु । गीतका भिडियोमा अभिनय कार्य जारी छ । त्यस्तै आफ्ना केही व्यक्तिगत काम र केही सामाजिक काममा पनि आफूलाई संलग्न गराउँदै आएको छु । मेरो आफ्नो व्यवसाय पनि छ त्यसलाई पनि त्यतिकै समय व्यवस्थापन गरेको छु ।
कलाकारिता क्षेत्रमा कसरी आउनुभयो ?
मेरो सानैदेखिको लगव रहेको क्षेत्र हो यो । विस्तार बढ्दै जादा यो क्षेत्रतर्फ हेलिँदै गए । सायद त्यही सानैदेखिको लगावले होला यो क्षेत्रसँग म कहिल्यै नछुटनेगरी गासिएको छु ।
यहाँले अहिलेसम्म कतिजति गीतका भिडियोमा अभियन गर्नुभयो होला ?
मैले अहिलेसम्म त्यस्तै एक दर्जनभन्दा बढी गीतका भिडियोमा आफ्नो अभिनय कला पस्किएको छु । यस्तै दर्जनौ शोहरूमा ¥याम्प गरेको छु ।
यहाँले अभिनय गरेका केही गीतको नाम लिनुपर्दा ?
नारायण थापाको स्वरमा रहेको ‘चोखो मायामा’, मेलिना राईको ‘मुटु रेटियो’, अनु चौधरीको ‘खुशी तिमीलाई’ लगायत छन् । यस्तै ‘परिणम नखोज’ लगायत आधा दर्जन जति आउनेक्रममा छन् ।
यहाँले अहिलेसम्म आइपुग्दा को-कोसँग अभिनय गर्नुभयो, अब कोसँग अभिनय गर्ने मन छ ?
नायिका केकी अधिकारी, कमल सिंह, सोफी धरेल, प्रतिक्षा काफ्ले, श्रृष्टि आचार्यलगायत कलाकारहरूसँग सहकार्य गर्ने सौभाग्य मिलेको छ । काम गर्ने मन त सबैसँग छ । तरपनि स्पेशल्ली भन्नु पर्दा महानायक राजेश हमाल दाइ, मिथिला शर्मा, नीर शाह जस्ता लिजेण्डहरूसँग जोडिएर काम गर्ने मन छ ।
पहिलो पल्ट क्यामेरा अगाडि जाँदा कस्तो अनुभव भएको थियो ?
मैले अफिसियल्ली डान्स तथा अभिनय सिकेर पढेर आएकोले त्यस्तो अप्ठ्यारो नै चाही भएन तर एउटा कलाकार पूर्ण कहिल्यै हुँदैन भन्ने लाग्छ । मेरा हरेक प्रस्तुतिमा आफूले आफ्नोतर्फबाट सय प्रतिशत दिने कोसिस जहिल्यै रहन्छ ।
अभिनय सिकेर पढेर आएको भन्नुभयो, कहाँ सिक्नुभयो ?
मैले कान्तिपुर फिल्म एकेडेमीबाट अभिनय तथा डाण्सको डिप्लोमा कोर्ष गरेको हुँ । मिलेन सुवेदी मेरो गुरु हुनुहुन्छ ।
नयाँलाई कस्तो छ यो क्षेत्रमा सर्पोट कतिको मिल्छ ?
म हरेक क्षेत्रमा चुनौती सँगसँगै अवसर पनि देख्छु । त्यसैले दृढ भएर संघर्ष गर्ने हो भने सफलताले एक दिन अवश्य पछ्याउँछ भन्ने कुरामा आशावादी छु । र, हुनुपर्छ ।
तपाईंको रुचि ?
अभिनय सँगसँगै नृत्य । नयाँ-नयाँ ठाउँमा घुम्नु, पुस्तक पढनु, भ्लगहरू बनाउनु, सफल व्यक्तिहरूको जीवनी पढनु ।
यहाँको भविष्यको योजना ?
एउटा कलाकारको योजना उहाँ अभिनय, अभिनय र अभिनय नै हो । सफल र वरिष्ठ कलाकारहरूसँग जोडिएर काम गर्ने । साथै आफ्नो व्यवसायलाई पनि विस्तार गर्दै लैजाने ।
अन्त्यमा ?
प्रज्ज्वलराज भट्टलाई माया गरिदिनुहोस् । मैले अभिनय गरेका गीतका भिडियोहरूलाई हेरिदनुहोस् । माया गरिदिनुहोस् र, आफ्नो अमूल्य प्रतिक्रिया दिनुहोस् । जसले मलाई अगाडि बढन प्रेरणा दिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच