काठमाडौं । अभिलाषा विष्ट र सुनिरा थापा १०औँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गर्नुभएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा अभिलाषाले आध्या पौडेललाई ६-१ र ६-२ तथा सुनिराले समृद्धि महर्जनलाई ६-० र ६-० को सोझो सेटमा पराजित गर्नुभयो ।
सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्समा प्रदीप खड्का र प्रणव मानन्धरले उपाधि भिडन्त पक्का गर्नुभएको थियो । प्रदीपले प्रणव खनाललाई ६-३ र ६-२ तथा प्रणवले ऋतिक राणालाई ७-५ र ७-६ को सेटमा हराउनुभयो ।
मिक्स डबल्समा प्रदीप खड्का र महिका राणाको जोडीले आइशा डोल्कर गुरुङ र आर्यन गिरीको जोडीलाई ६-२ र ७-५ तथा ऋतिक राणा र अभिलाषा विष्टको जोडीले भगवती विक र सुमन लामाको जोडीलाई ६-० र ६-१ ले पाखा लगाउँदै फाइनलमा स्थान पक्का गर्नुभयो ।
भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियारले सीमान्त गुरुङलाई ६-० र ६-१ तथा सन्तोष खत्रीले अनिल साइलाई ६-२ र ६-३ को सोझो सेटमा पन्छाउँदै फाइनलमा स्थान बनाउनुभयो । ५५ वर्षमाथि पुरुष डबल्समा विमलकुमार वाइबा र हिमाल शाहको जोडीले जीवन घिमिरे र शिवप्रसाद सेढाईंको जोडीलाई २-६, ६-३ र ११-९ तथा कमल थापा र छ्याम्बा धुन्डुपको जोडीले चन्द्र शाही र सोमबहादुर लालचनको जोडीलाई ६-२ र ६-३ को सेटमा पराजित गर्दै फाइनल यात्रा तय गर्नुभयो ।
भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा अनिल शाही र सीमान्त गुरुङको जोडीले सन्तोष खत्री र छेवाङ लामाको जोडीलाई ६-४, ३-६ र १०-४ तथा जितेन्द्र परियार र इलम दीक्षितको जोडीले भीष्मजंग गुरुङ र देव क्षेत्रीको जोडीलाई ७-६ र ६-३ ले हराउँदै फाइनलमा पुग्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच