इसेवाको ‘स्क्यान टु विन’ अफर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भुुक्तानी सेवा प्रदायक इसेवाले ‘स्क्यान टु विन अफर’ सञ्चालनमा ल्याएको छ । अफरअन्तर्गत इसेवाको मोबाइल एप्समार्फत क्युआर स्क्यान एण्ड पे गर्दा एकजना भाग्यशाली नेपालीले आइफोन १४ प्राप्त गर्न सक्नेछन् । साथै हरेक हप्ता एकजनाले रेडमी वाच २ लाइट प्राप्त गर्न सक्नेछन् ।

योजनामा सहभागी हुन इसेवा मोबाइल एप्समार्फत् क्युआर स्क्यान पे गर्नुपर्नेछ । साप्ताहित पूर्ण कारोबार क्यासब्याक फिर्ता हुने १० जनाले हरेक बिहीबार ४८ घण्टाभित्र सोही रकम प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार रेडमी वाच २ लाइट स्मार्ट वाचका विजेता हरेक बिहीबार घोषणा गरिनेछ भने ग्राण्ड प्राइज विजेता अभियान सकिएको एक हप्ताभित्र घोषणा गरिनेछ ।

इसेवाले हाल एण्ड्रोइड मोबाइलमा ५५ लाख र आइओस् मोबाइलमा करिब १० लाख गरी ६५ लाखभन्दा बढी ग्राहकलाई एप्समार्फत् सेवा प्रदान गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?