
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयु) को स्पिन अफ कम्पनी कन्सियस इनर्जीले नेपालमा ग्रिन हाइड्रोजन व्यावसायिक परियोजना अघि बढाउन ऊर्जा डेभलपर्ससँग रणनीतिक साझेदारी घोषणा गरेको छ । हिमालयन हाइड्रो एक्स्पो २०२४ को दोस्रो दिन दुर्ई कम्पनीबीच सम्झौता भएको हो ।
कन्सियस इनर्जी एक अनुसन्धान उन्मुख परामर्श सेवा प्रदायकका रूपमा २०८० मा स्थापित भएको थियो, जसले हरित ऊर्जा क्षेत्रमा लगानी गर्न, सञ्चालन गर्न चाहने ग्राहकलाई सेवा प्रदान गर्छ । कम्पनीले काठमाडौं विश्वविद्यालयद्वारा प्रशासित एनर्जाइज नेपाल कार्यक्रममार्फत् प्रारम्भिक बीज कोष प्राप्त गरेको थियो । हाल हरित ऊर्जा क्षेत्रमा अग्रगामी प्रयासमा सक्रियरूपमा संलग्न छ ।
केयुको ग्रिन हाइड्रोजन ल्याबलाई प्रतिनिधित्व गर्दै कन्सियस इनर्जीले आफ्नो अनुसन्धान तथा विकाससम्बन्धी विशेषज्ञतामा योगदान गर्नेछ भने ऊर्जा डेभलपर्सले परिचालनसम्बन्धी अनुभव र लगानीमा योगदान दिनेछ । ऊर्जा डेभलपर्स सेयरधनीका रूपमा कन्सियस इनर्जीमा प्रवेश गर्नेछ र व्यावसायिक परियोजनामा ठूलो लगानी आकर्षित गर्ने सार्वजनिक कम्पनीमा विस्तार गरिनेछ ।
कन्सियस इनर्जी नेपालमा ग्रिन हाइड्रोजन व्यवसायका लागि ठूलो सार्वजनिक कम्पनीका रूपमा विकसित हुने सहमति भएको छ । हाइड्रो एक्स्पोमा कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले संयुक्त स्टलबाट साझेदारी प्रदर्शन गरिरहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच