
निनु कर्ण
मिथिला संस्कृति र संस्कारले सुसज्जित नगरी थियो जनकपुरधाम । धार्मिक, पौराणिक मूल्यमान्यताले सजिएको मिथिलानगरी त्रेतायुगीन धर्मग्रन्थ रामायणमा शक्ति स्वरूपाको रूपमा परिचित सीताको नगरी हो जनकपुरधाम । धार्मिक र सांस्कृतिक शहरको रूपमा अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गराउँदथ्यो । मिथिलाको संस्कार र संस्कृतिले जनकपुरको समाजमा आपसी सद्भाव उदाहरणीय नै हुने गर्दथ्यो । जनकनन्दनी सीताको धार्मिक परिचय आदर्श नारी, शक्तिशाली नारी, अनुशाषित र संस्कारी नारीहरूको शृंगार थियो जनकपुरको समाज । जनकपुरको जल, थल, सबै संस्कारले सिञ्चित हुने गर्दथे साँच्चिकै रामायणमा गाथामा उल्लेख गरिएको जनकपुर झैँ थियो जनकपुरको समाज । समाजको नीतिनियम अनुशासन सबै भत्किएको छ, स्वतन्त्रता शब्दको चरम दुरुपयोगको परिणाम आज समाजमा हावी भएको छ ।
पारिवारिक, सामाजिक र सांस्कृतिक सबै मूल्यमान्यताहरू भंग गराइएको छ । कुसंस्कार र मानवताहीन सामाजिक गतिविधिको भँुमरीको चपेटामा समाज पूर्णरूपले फसिसकेको छ जसको कारण दिनहुँझैँ जनकपुर शहरमा अनैतिक सम्बन्धका कारण घटना दुर्घटना भइरहेको सुनिन्छ । मधेस प्रदेशको राजधानी जनकपुर धाममा शहरभित्रकै होटेलहरूमा केही दिनदेखि दिनहुँ अनैतिक शारीरिक, सामाजिक सम्बन्धको कारण अनेकौं घटनाहरू सार्वजनिक हुँदै आएका छन् । मिथिलाको राजधानी जनकपुर अहिले संघीय संरचनाको आधारमा प्रादेशिक प्रशासनिक राजधानी पनि हो । पौराणिक, धार्मिक, सांस्कृतिक परम्पराले परिचित जनकपुरधाम राजनीतिक परिवर्तनको ऐतिहासिक स्थलको रूपमा परिचित पनि हुँदै गर्दा यस्ता ‘अनैतिक’ शब्दले लज्जाबोध गराइएको अनुभूति गर्दछन् जनकपुरका सभ्य समाजका नागरिकहरूले ।
अनैतिक क्रियाकलाप हुने थलाको रूपमा दिनहुँ समाचारको विषय बन्दैछ जनकपुर शहर । जनकपुरको होटेलमा केही दिनअगाडि पोखरा निवासी एकजना युवती मृत अवस्थामा भेटिएको तर ती युवतीको पूर्ण परिचय नखुलाइएको समाचार सामाजिक सञ्जालमा आयो । युवती किन जनकपुर आएकी थिइन् र को थिइन् प्रश्न अनुत्तरित छ ।
संस्कार र संस्कृतिले सुसज्जित जनकपुर अहिले कुसंस्कार र विकृतिको विकराल रूपले सामाजिक गतिविधि प्रभावित हुँदै गएको छ भनेर चिन्ता गर्र्दा पनि अन्य मानिसमा यस्ता घटनाबारे जानकारी हुन्छ कि भनी सभ्यतामा पनि मौनता देखिन्छ । अनैतिक क्रियाकलाप हुने थलाको रूपमा दिनहुँ समाचारको विषय बन्दैछ जनकपुर शहर । जनकपुरको होटेलमा केही दिनअगाडि पोखरा निवासी एकजना युवती मृत अवस्थामा भेटिएको तर ती युवतीको पूर्ण परिचय नखुलाइएको समाचार सामाजिक सञ्जालमा भरियो । मृत युवती किन जनकपुर आएकी थिइन् ? उनी एक्लै थिइन् कि उनीसँग अरू पनि कोही थिए ? के कारणले उनको मृत्यु भएको हो ?
केही युवकहरू उक्त होटलमै बस्दै आएका थिए तर तिनीहरू फरार भएको जानकारी होटेल सञ्चालकबाट प्राप्त भएको उक्त घटनाको अनुसन्धान गर्दै गरेको प्रहरीले बताएको छ । युवतीसँग जोडिएका अनेकौं प्रश्नहरू पुलिस प्रशासनको प्रारम्भिक अनुसन्धानमै भयो होला भन्ने आशा गर्न सकिन्छ । प्रहरी प्रशासनको अनुसन्धान पनि नियमित प्रक्रिया भएझैँ घटनाहरूको अनियमित हुन थाल्यो । बच्चा बोकिरहेको अवस्थामा र बच्चा जलिरहेको अवस्थामा हेर्दछन् स्थानीय बासिन्दाले । महिला र बच्चालाई जलाइएको हो ? कस्तो अचम्मित पार्ने घटना हुन थाल्यो समाजमा ? दानव प्रवृत्तिले भरिएको केही मानवहरूको कारण यस्ता प्रकृतिका घटना हुने गर्दछ ।
एउटी महिला र काखमै समातिरहेको बच्चा जल्दै थिए रे ! कस्तो विडम्बना एउटी महिला दुधे बालक काखमा च्यापिरहेको अवस्थामा आगो लगाउने दुस्साहस त राक्षसी प्रवृत्तिले नै गर्न सक्छ । कसले र किन यस्ता घृणित कार्य गर्यो होला ? घटनाको अनुसन्धानको क्रममा अपुरो अनुसन्धान त सम्बन्धित निकायले गरेकै हुन् । विवाहित महिलाको परपुरुषसँगको अनैतिक सम्बन्धको अन्त्य नै अप्राकृतिक र मानवताहीन हुने निश्चित नै छ । वैवाहिक सम्बन्धमा खलल पुर्याउने त्यस्ता नरपिसाची रूपहरूलाई समाजले कहिलेसम्म विभिन्न आडमा छुट दिँदै जाने हो ? यस्ता अनैतिक सम्बन्धको कारण हुने गरेको घटनाको दोषी महिला र पुरुष बराबर हुने गर्दछन् ।
सम्बन्धित परिवार, समाज र अभिभावकहरूले यस्ता सम्बन्धलाई किन प्रश्रय दिएको हो ? यस्ता घटना हुँदै गर्दा दुवै पक्षीय सम्बन्धित समाजको सहभागिता नभई गलत पथमा हिँड्ने अर्थात् गलत सम्बन्धहरू स्थापित गर्ने खुलेयाम आँट गर्दैनन् कि भन्ने भनाइ सामाजिक अभियन्ताहरूको हुने गर्दछ । जनकपुरको रामानन्द चोकस्थित होटेल होलिडेमा महिला र पुरुष झुण्डिएको र बच्चा रोइरहेको अवस्थामा प्रहरीले छापा मर्दाखेरिको दृश्य रहेछ । पत्रकार महोदयहरूलाई गरम मसाला भेट्यो सामाजिक सञ्जालमा उक्त घटनाको परिदृश्य प्रकाशनमा ।
स्थानीय रेडियो, टिभी, पत्रपत्रिकामा छ्यापछ्याप्ती प्रकाशित गरियो ‘होलिडे होटेलमा महिला र पुरुष एउटै पासोमा र बच्चा उक्त कोठामा चिच्याइ रहेको अवस्थामा पाइयो’ भनेर । आफन्तले खोज्दै जाँदा अनिमात्र घटना बाहिरिएको हो । आफन्तले पुरुषलाई खोजिरहेको रहेछ तर आफन्तसँग उक्त पुरुषको टेलिफोनमार्फत कुराकानी पनि भइरहेको बताइएको छ सामाजिक सञ्जालका पत्रकारहरूद्वारा । होटेल सञ्चालकको कुरा सुन्दा आफन्त खोज्न आएका तर उक्त मान्छे आफ्नो होटेलमा रहेको जानकारीसमेत नभएको कुरा होटलवालाले बताएको छ । होटेल सञ्चालकले कामदारलाई बोलाएर फोटो देखाउँदा उनले उक्त व्यक्तिको बारेमा जानकारी गराए छन् ।
अनि कोठा ढकढक्याउँदा घटनाको परिदृश्य आफन्तको अगाडि देखिएछ र आफन्तले पुलिसलाई खबर गरेर घटनाको छानविन तथा अनुसन्धानको जिम्मा पुलिस प्रशासनले लिएको रहेछ जुन पुलिस प्रशासनको काम, कर्तव्य पालनाभित्र पर्दछ । घटनाको प्रारम्भिक अनुसन्धानमा विवाहित महिलाको श्रीमान् विदेशमा रहेको र उनको काखेबच्चा सँगै थियो भने पुरुषका चारवटा सन्तान रहेछन् । उसले घरपरिवार, श्रीमती, बच्चा सबैको आँखामा धुलो हाल्दै पुरानी प्रेमिकासमेत रेहेकी विवाहित महिलासँग अनैतिक सम्बन्ध सम्भाल्दै आएका तथ्यहरू बाहिर आएका रहेछन् । यस्ता सम्बन्धमा महिला र पुरुष दुवै उत्तिकै दोषी देखिन्छन् ।
हिन्दु संस्कार संकृतिमा वैवाहिक सम्बन्धलाई पवित्र तथा महत्वपूर्ण सामाजिक बन्धनका रूपमा मान्यता दिइएको छ । श्रीमान् श्रीमतीको सम्बन्धलाई समाजमा उच्च स्थानमा राखेर सम्मानजनक सम्बन्धको रूपमा मान्यता दिइएको हो तर अहिले ती पवित्र सम्बन्धलाई धमिल्याउने जमात नै समाजभित्र धमिरा जसरी फैलिएका छन् ।
विवाहपश्चातको शारीरिक, सामाजिक र सांस्कृतिक सम्बन्धलाई तिरस्कार दर्दै के प्राप्तिका लागि यस्ता कुकर्मका सम्बन्धहरू स्थापित हुने गर्दछ ? मनमस्तिस्क र शारीरिक कस्तो सन्तुष्टि प्राप्तिको निम्ति समाजका यस्ता नर-नारीहरू कुकर्मको जरो बनेर गाडिँदैछन् ? परिवार, समाज, न्याय कानुन सबैलाई लत्याएर यस्ता घृणित कार्यहरूमा कदम उठाउने गर्दछन् । जसको परिणाम ती कुकर्मीका लागि त विनाश नै हुने निश्चित हुने गर्दछ भने समाजको संरचनामा पनि दिनानुदिन अत्यन्तै नकारात्मक प्रभाव पार्दै आएको र भावी सन्ततिहरूलाई यस्ता कुकर्मको गलत पथमा लम्किने आँटमा वृद्धि भई भयावह परिस्थिति सृजित हुने देखिन्छ ।
हिन्दु संस्कार संकृतिमा वैवाहिक सम्बन्धलाई पवित्र तथा महत्वपूर्ण सामाजिक बन्धनका रूपमा मान्यता दिइएको छ । श्रीमान् श्रीमतीको सम्बन्धलाई समाजमा उच्च स्थानमा राखेर सम्मानजनक सम्बन्धको रूपमा मान्यता दिइएको हो तर अहिले ती पवित्र सम्बन्धलाई धमिल्याउने जमात नै समाजभित्र धमिरा जसरी फैलिएका छन् । जसको कारणले समाज नै घृणित हुँदै गएको छ । प्रेम र समर्पणको सम्बन्धलाई घृणा र कलंकको सम्बन्धमा परिणत गराउँदैछन् अहिलेको युवा-युवतीहरू । प्रविधिको विकासलाई उपयोग गर्न समयमै सचेत गराउन नसकेको अवस्थामा प्रेम सम्बन्धलाई नाटकीय ढंगले अभिनय गर्दछन् युवायुवतीहरू । प्रविधिको गलत प्रयोग, अभिभावकको बालबच्चाप्रतिको अनुत्तरदायी क्रियाकलापले गर्दा आज फेरि जनकपुरकै आरोही गाउँपालिका रणभूमिमा परिणत भएको छ ।
क्षणिक प्रेमभाव र सिनेमाको जस्तै अभिनय गर्ने नाबालिकहरूको प्रेमलीलाको कारण जातीय संरचना तथा सामाजिक सद्भाव नै खल्बलिने गरी युद्धभूमिमा परिणत भएको हो । समाजमा देखिएको अनैतिक सम्बन्धका समस्या र युवायुवतीमा अपरिपक्वताका कारण हुने गरेको प्रेम सम्बन्धलाई कसरी व्यवस्थापन गर्ने हो ? समाजका अभिभावकको ध्यान अब पनि यस्ता गम्भीर समस्या समाधानमा केन्द्रित हुन सकेन भने छिट्टै नै त्रेतायुगीन रावण राज्यजस्तै अत्याचार र अन्यायले घेरिएको समाजमा हाम्रो समाज पनि परिणत हुनेछ ।
राज्यका सम्बन्धित पक्ष सबैले यस्ता सामाजिक कुसंस्कार र विकृतिलाई समाप्त पार्न यथाशीघ्र सकारात्मक सम्भावनाहरूको बहस गर्नुपर्ने आवश्यक देखिन्छ । मिथिला नगरीको पहिचानलाई कसरी बचाउने ? के यसको उत्तरदायित्व जनकपुरवासीको होइन ? समाजलाई अनेकौं बाहनाले हाक्ने जिम्मेवारी लिएका सामाजिक अभियन्ता, मानवअधिकारकर्मी, पत्रकार तथा बुद्धिजीवी समाजको अगुवा महामनाहरू किन मौन ? सामाजिक र सांस्कृतिक परम्परालाई जोगाउनेसम्बन्धी खुला बहस मञ्चमा मात्र सीमित नराखी समाजप्रति सचेत भई आ–आफ्नो कर्तव्य पालन गरौं । (सुगा, महोत्तरी)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच