
सानैदेखि गीत संगीत भनेपछि हुरुक्क हुने युवराज मगरले यतिबेला गायन क्षेत्रमा आफूलाई स्थापित गर्नुभएको छ । सबै प्रकारका गीत गाउने उहाँका लोक, लोकपप, कल्चरल गीत अलिक बढी श्रोता÷दर्शकमाझ आएका छन् । लामो समयदेखि उहाँले आफ्नो पढाइसँगै शास्त्रीय संगीतसँग नजिक रहेर आफूलाई अभ्यस्त बनाउँदै आफ्नो संस्कार, संस्कृति, मौलिक नेपाली गीतलाई उजागर गर्दै आउनुभएको छ । गीत संगीतका लागि देशका विभिन्न भागमा हुने मेला महोत्सवमा पुग्नुहुने उहाँ जापान, हङकङ, सिंगापुर, मलेसिया, थाइल्याण्ड, इण्डोनेसियालगायतका देशमा गएर आफ्नो प्रस्तुति दिनुभएको छ । नेपाली गीत संगीतको आफ्नै राजमार्ग बनाएर हिँडिरहनुभएका युवराज मगरसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
यहाँका नयाँ गीत आउँदै छन् कि ?
यतिबेला दुईवटा दोहोरी गीत श्रोता/दर्शकमाझ ल्याउने तयारीमा छु ।
कतिजति गीत श्रोता/दर्शकमाझ आए होलान् ?
लोकगीत, कल्चरल गीत, मोर्डन गीत गरेर एक दर्जनभन्दा बढी गाएको छु । नयाँ गीतमा पञ्चेबाजा र मामाकी छोरी, राजारानी हजुर जस्ता रहेका छन् ।
लोकगीत, कल्चरल गीत, मोर्डन गीत गरेर एक दर्जनभन्दा बढी गाएको छु । नयाँ गीतमा पञ्चेबाजा र मामाकी छोरी, राजारानी हजुर जस्ता छन् । पहिलो गीत ‘चर्को घाममा छायाँ भइदिए कति शीतल हुन्थ्यो यो जिन्दगी अंगालोमा माया भइदिए...’, रहेको थियो । जुन गीतलाई धेरै श्रोता/दर्शकले मन पराइदिनुभएको थियो । पहिलो गीतले नै मलाई धेरै परिचित पनि गरायो । अन्य गीतले यो क्षेत्रमा स्थापित गरायो भन्ने लाग्छ ।
पहिलो गीत कुन थियो, कुन गीतले यो क्षेत्रमा चिनायो जस्तो लाग्छ ?
पहिलो गीत ‘चर्को घाममा छायाँ भइदिए कति शीतल हुन्थ्यो यो जिन्दगी अंगालोमा माया भइदिए...’, रहेको थियो । जुन गीत केही रूपमा सफल भएको थियो । पहिलो गीतले नै मलाई धेरै श्रोता÷दर्शकसामु परिचित गरायो भन्ने लाग्छ ।
संगीत के हो ?
अन्तर आत्मा हृदयदेखि प्रकट भएको विषयलाई सुर, ताल र लयबद्धरूपमा अभिव्यक्त गर्ने माध्यम नै संगीत हो जस्तो लाग्छ ।
कत्तिको सहज रहेछ गीत संगीत क्षेत्र ?
यो नेपाली गीत संगीत क्षेत्र यस्तो क्षेत्र रहेछ नेपाली गीत संगीतको बजार पनि त्यस्तै अग्रज अनुज पनि त्यस्तै भने जस्तो यहाँ मान्छेअनुसारको व्यवहार गरिन्छ । नेपाली गीत संगीतमा जसले बुझेको, योगदान दिएको छ भने उहाँबाट राम्रो व्यवहार हुन्छ सल्लाह सुझाव राम्रो दिनुहुन्छ । गीत संगीत, संस्कारका कुरा हुन्छ कोही पुराना भनाउँदा यस्ता पनि छन् । सबै आफूमात्र होस्, सबै मेरै होस्, मै मात्र हुँ सोच्ने हुन्छ, कोही अग्रज नयाँ पिढीलाई कसरी फसाउने, कसरी योबाट पैसा लुट्ने भन्ने हुन्छ, त्यसैले कमै मात्रामा राम्रो अग्रज सहयोगी दाइदिदीहरू भेटेको छु्र ।
यहाँका गीतले थुप्रै अवार्ड पनि बटुल्न सफल भएको पाइन्छ नि ?
अवार्ड त मैले थापेको छु, लगभग एक दर्जनभन्दा बढी छन् । जति सिर्जना हिसाबले मेरा टिपिकल, मौलिक गीत, लोकगीत, सालीज्यू, पञ्चेबाजा, मोर्डन गीत, बढी हुने भएको कुनै एउटै गीतले चार÷पाँचवटा अवार्ड जितेको इतिहास पनि छ । त्यसैले संख्यामा त्यति भाको हो । अहिले नयाँ गीतहरूले दर्शक श्रोताको मन जितेका छन् । अहिलेको संस्करणका अवार्डमा उत्कृष्टमा छानिएका छन् । हेरौँ के हुन्छ । फेरि पछिल्लो समय अवार्डको गरिमा पनि खस्किँदै गएको पाइन्छ ।
तपाईंको संगीतको गुरु ?
मलाई जन्म दिने बाबा-आमापछिको मेरो गीत संगीतको कर्म दिने मेरो आदरणीय सम्मानित गुरुदेव चन्दनकुमार श्रेष्ठ हुनुहुन्छ । जो शास्त्रीय संगीतको महागुरू हुनुहुन्छ । उहाँकै कारण जिन्दगीमा धेरै कुरा पाएको छु । त्यो आशीर्वाद उहाँसँग नजिक रहेर संगीतबारे ज्ञान पाउनु मेरा लागि सौभाग्य हो । उहाँकै चेला हुँ । उहाँकै कारण धेरै अग्रज दाइदिदीहरू हुनुहुन्छ जसले नेपाली गीत संगीतमा एकछत्र राज गरी संसार खाइसक्नु भाछ, उहाँकै देन, संगीत सिकाइमा ४० वर्ष लामो अनुभव छ ।
योबाहेक फुर्सदमा के गर्नुहुन्छ ?
मैले फुर्सदमा त गीत संगीतबारे बढी चासो, चिन्तन गर्ने गर्छु । नयाँ गीत बनाउने, संगीत गर्ने, गुनगुनाउने गर्छु । जहाँ जाँदा पनि गीत संगीतकै कुरा हुन्छ । कहिलेकाहीँ बोर भाको बेला राम्रो सिनेमा हेर्न साथीभाइ पायो भने जाने गर्छु ।
अहिलेसम्म कुन-कुन देशमा जानुभयो, गीत संगीतको कार्यक्रममा ?
जापान, हङकङ, सिंगापुर, मलेसिया, थाइल्याण्ड, इण्डोनेसियालगायतका देशमा गएको छु ।
तपाईं त गान्धर्व संगीततिर पनि रुचि राख्नुहुन्छ होइन ?
गान्धर्व भनेको मैले सिक्ने विद्यालयको नाम हो । म सानो संगीतको विद्यार्थी हुँ । विशेषतः शास्त्रीय संगीत, लोक गीत, टिपिकल, मौलिक लोक गीत, दोहोरी मोर्डन, पप सबै गीतमा उत्तिकै रुचि छ । विशेषतः शास्त्रीय संगीत बढी गाह्रो संगीत हो । शास्त्रीय संगीतमा नितान्त त्याग, साधना, लगाव, मिहिनेत, भित्री इच्छाशक्ति बलियो हुनुपर्छ । त्यो सिकाइले अरू जुनसुकै गीत गाउन धेरै मद्दत मिल्छ, शास्त्रीय संगीतको महत्व ठूलो छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच