काठमाडौं । चौधरी ग्रुपले नेपालको हस्पिटालिटी उद्योगलाई थप उचाइ दिन विश्वप्रसिद्ध ताज ग्रुपसँग मिलेर ‘एक्यम’ नामक संयुक्त भेञ्चरको सुरुवात गरेको छ । सिजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले बुधबार मुम्बईमा भव्य कार्यक्रमबीच ताजसँगको बृहत् साझेदारीमा हस्ताक्षर गर्नुभएको हो । ताज ग्रुपसँगको साझेदारीका नेपालमा हाल तीन होटल सञ्चालनमा छन् भने थप तीन होटल पनि ताजमा रूपान्तरण गर्ने गरी निर्माणको कार्य भइरहेको छ । ताज ग्रुपसँगको सहकार्यले नेपालको पर्यटन क्षेत्रलाई बढावा दिन सहयोग पुग्ने चौधरी ग्रुपको विश्वास छ । काठमाडौंको भिभान्ता, भरतपुरमा रहेको मेघौली सेराइ र भिभान्तालाई मात्र नभएर नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यकै रूपमा विश्वभर ताजको सञ्जालबाट प्रचार गर्ने सहमति भएको छ ।
चौधरी ग्रुपका अनुसार ‘एक्यम’ प्लेटफर्मबाट नेपालको समग्र पर्यटन क्षेत्रले लाभ लिने वातावरण बनेको छ । हिमालयन बेल्ट र इण्डियन ओसनमा यसअघिदेखि नै ताज ग्रुपसँग चौधरी ग्रुपको लामो सहकार्यको इतिहास छ भने पछिल्ला दिनमा भारतका ठूला–ठूला कम्पनीसँग मिलेर नेपालको बृहत् आर्थिक गतिविधिमा केन्द्रित हुँदै आएको छ । जसको पछिल्लो उदाहरण नेपालमै हिरोको एसेम्ब्ली प्लान्ट स्थापना पनि हो । केही समयअघि अडानीसँग मिलेर नेपाली उत्पादन र नेपाली सिमेन्टलाई उत्तर प्रदेश र बिहार राज्यमा निर्यात कार्य सुरु भइसकेको छ ।
सिजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले भन्नुभयो, ‘हामी भारतको प्रख्यात टाटा ग्रुपसँग दशकौँदेखि सहकार्य गर्दै आएका छौँ । आगामी दिनमा थप विश्वविख्यात लगानीकर्तासँग सहकार्य गरेर नेपालमा लगानी भित्र्याउनेछौँ । यसले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने हाम्रो विश्वास छ, ताजजस्तो विश्वप्रसिद्ध समूहसँग सहकार्य नेपालकै लागि निकै महत्वपूर्ण छ ।’ विश्वव्यापी स्थापित ताजसँगको सहकार्यले नेपालको हस्पिटालिटी क्षेत्रमा ठूलो योगदान पुगेको प्रबन्ध निर्देशक चौधरीको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच