
विश्वास नेपाली
गाउँमै बसेर म केही गर्छु भन्ने तिमी
शहरमा पुग्दा तिम्रो सोच फेरिएछ
सधँै मेलापात गोठालो धाउने तिमी
शहरको रहरमा धाउने खोज फेरिएछ
गाउँकै सुन्दर लामो केश भएको तिमी
शहरमा पुग्दा त्यो सुन्दर केश फेरिएछ
आफ्नो जन्मभूमिलाई स्वर्ग मान्ने तिमी
शरहको रहरले तिम्रो परिवेश फेरिएछ
स्थानीय पहिरनमा सजिन रमाउने तिमी
सहरमा पुग्दा लगाउने पहिरन फेरिएछ
नाकमा फुली र बुलाकी लगाउने तिमी
शहरको रहरले फुली लगाउन मन फेरिएछ
कोदाको रोटी धानको भात रुचाउने तिमी
शहरमा पुग्दा खाने तिम्रो गाँस फेरिएछ
चुहिने छानोमा बालापन कटाउने तिमी
शरहको रहरमा तिम्रो आवास फेरिएछ
गाउँले भाकामा गीत गाउन रुचाउने तिमी
शहरमा पुग्दा गीत गाउँने भाका फेरिएछ
कोइलीको झैँ सुमधुर स्वरको धनी तिमी
शहरको रहरमा गाउँने तिम्रो ढाचा फेरिएछ
गाउँमा हुँदा गुन्यु र चोली लगाउने तिमी
शहर पुग्दा लगाउने तिम्रो चोली फेरिएछ
गाउँमा रिसाउँदा नमिठो वचन बोल्ने तिमी
शहरको रहरमा बोल्ने तिम्रो बोली फेरिएछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच