
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा बहस सकिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा दुवै पक्षको बहस सकिएको हो ।
मंगलबारदेखि सुरु भएको सुुनुवाई जवाफी बहस बाँकी रहेका कारण हिजो हेर्दाहेर्दैमा राखिएको थियो । आज बिहान ११ बजेदेखि जवाफी बहस सुरुभएको थियो । पक्ष–विपक्षीबीच जवाफी बहसका डेढ डेढ घण्टाको समय छुट्याइएको थियो । सो समय भित्र दुवै पक्षको जवाफी बहस सकिएपछि अहिले न्यायाधीशद्वयले उनीहरु होटल पस्दा र निस्किँदाको सीसीटीभी फुटेज हेरेपछि फैसला आउने अनुमान गरिएको छ ।
बहस पूरा भएपछि इजलासमा रहेका न्यायाधीशद्वयले घटनाबारे सीसीटीभी फुटेज मगाएर हेर्ने काम भइरहेको छ। फैसला गर्नु अघि फुटेज हेर्न लागिएको हो ।
गत पुस २५ गते जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीपले फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।
फैसलाको प्रतिक्षारत सन्दीप पक्षधरहरु यतिबेला उच्च अदालत बाहिर बाक्लो संख्यामा उपस्थित भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच