
काठमाडौं । राष्ट्रिय सूचना आयोगमा चालु आर्थिक वर्षको पहिल्ला तीन महिनामा सूचनाको हकसम्बन्धी विभिन्न प्रकृतिका तीन सय ३३ वटा पुनरावेदन दर्ता भएका छन् । २०८० फागुनमा एक सय ५८, चैतमा ६४ र वैशाखमा एक सय ११ पुनरावेदन दर्ता भएका हुन् । आयोगबाट सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा १०(२) बमोजिम लिखित जवाफ पेश गर्नु भन्ने आदेश फागुनमा एक सय ४४, चैतमा एक सय १६ र वैशाखमा एक सय १४ दर्ता भएका छन् ।
सोही ऐनको दफा १०(३)(क) बमोजिम सूचना उपलब्ध गराउनू भन्ने आदेश फागुन महिनामा ४०, चैतमा ५४ र वैशाखमा एक सय २२ भएका छन् भने सोही ऐनको दफा ३२(१) बमोजिम कारबाही किन नगर्ने भन्ने आदेश चैतमा पाँच र वैशाखमा आठवटा भएका आयोगले जनाएको छ ।
त्यस्तै, दफा १०(३)(ख) बमोजिम खारेज गर्नू भन्ने फागुनमा १३, चैतमा ५८ र वैशाख महिनामा ४९ वटा आदेश भएका छन् भने गरी सूचना दुरूपयोग गरेको भनी ऐनको दफा ३१(२) बमोजिम परेको उजुरीउपर वैशाखमा एउटा आदेश भएको आयोगले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सो अवधिमा आयोगले विभिन्न क्षेत्रमा सूचनाको हकसम्बन्धी सचेतनामूलक कार्यक्रमसमेत आयोजना गरेको आयोगकी सूचना आयुक्त तथा प्रवक्ता कमला ओली थापाले बताउनुभएको छ ।
आयोगको १७औँ स्थापना दिवस वैशाख २२ गते राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा विभिन्न कार्यक्रम गरी मनाइएको थियो । सोही अवसरमा आयोगद्वारा प्रकाशित सूचना मागकर्ताका लागि मैथली, भोजपुरी, अवधि र थारु गरी चार भाषाका सहयोगी पुस्तिका सार्वजनिकीकरण गरिएको आयोगले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच