
काठमाडौं । विधि लम्सालले एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’को शीर्ष उपाधि चुम्नुभएको छ । नेक्स्ट मोडल्स नेपालको आयोजनामा शनिबार होटल याक एण्ड यतिमा आयोजित अन्तिम स्पर्धामा २३ नर्सिङ सुन्दरीलाई पछि पार्दै काभ्रेपलाञ्चोककी नर्स लम्सालले वेष्ट पर्सनालिटीसहित उक्त उपाधि चुम्नुभएको हो ।
लम्सालले नागरिक कलेज अफ हेल्थ साइन्सेसबाट बिएस्सी नर्सिङ अध्ययन गर्नुभएको छ । हाइकिङ रुचि भएकी लम्साल सकारात्मक उर्जाका साथ नर्सिङ अगाडि बढाउने बताउनुहुन्छ । विजेता लम्सालले मिस ग्लोवलमा नेपालको प्रतिनिधित्व गर्ने आयोजक नेक्ष्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिनुभयो ।
एनक्लेक्स नेपाल प्रायोजन रहेको प्रतियोगितामा नयाँ ठिमी भक्तपुरकी अनिसा पराजुली फष्ट रनरअप र सामाखुसी निवासी पला रेग्मी सेकेण्ड रनरअप हुनुभयो ।
मष्ट इन्टेलेक्च्युअलको टाइटलसमेत हात पार्नुभएकी पराजुली चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा साइकियाट्रिक नर्सिङमा माष्टर अध्ययनरत हुनुहुन्छ । विनायक कलेज अफ हेल्थ साइन्सबाट पिसिएल नर्सिङ उत्तीर्ण रेग्मीले मष्ट चार्मिङको टाइटलसमेत प्राप्त गर्नुभएको छ । तीनै विजेताले उपाधिका साथमा विभिन्न गिफ्ट हात पारेका छन् ।
नम्रता श्रेष्ठ, प्रशान्त ताम्राकार, डा. सुवास आचार्य, डा.सुजिता हिराचन, डा.स्मृति मास्के, सजना केसी र टीकाराम बुढाथोकी निर्णायक रहेको प्रतियोगितामा स्पेसल अवार्ड नर्स विथ व प्रपोज मोनिका थापामगर, मष्ट फोटोजेनिक र वेष्ट स्किनसदिति श्रेष्ठ, मष्ट पपुलर र पब्लिक च्वाइस लस्ता श्रेष्ठ, मिस फिटनेस सलिना बादे र मष्ट ट्यालेन्ट दिव्या बम ठकुरी बन्नुभयो ।
अन्तर्राष्ट्रिय स्तरमै शान्तिको सन्देश फैल्याउँदै नर्सिङ पेशा रोजेका र अध्ययन गरिरहेकालाई पेशा र समाजप्रति थप उत्तरदाइत्व बोध गराउने प्रतियोगिताको उद्देश्य रहेको आयोजक नेक्टस् मोडल नेपालकी प्रबन्ध निर्देशक यातना पाण्डेले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच