काठमाडौं । म्यानमारस्थित नेपाली राजदूतावासको प्रांगणमा २५६८औँ बुद्ध जयन्तीका अवसरमा भगवान् गौतम बुद्धको मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ । म्यानमारस्थित नेपाली राजदूतावासले २५६८औँ बुद्ध जयन्तीका अवसरमा दूतावासमा भगवान् गौतम बुद्धको मूर्तिको प्राण प्रतिष्ठा गरेको हो ।
उक्त कार्यका लागि यांगुनस्थित वनारसी नेपाली विहारका नौ भिक्षु आमन्त्रण गरिएको थियो । कार्यक्रममा म्यानमारका लागि अन्य देशका राजदूत, यांगुनस्थित कूटनीतिक नियोगका पदाधिकारी, संयुक्त राष्ट्रसंघका पदाधिकारी, नेपाल धार्मिक गोर्खा संघका अध्यक्ष, म्यानमार पर्यटन संघका अध्यक्ष, बोधगया तीर्थयात्रा कार्यसमितिका अध्यक्षलगायत नेपाली समुदायको उपस्थिति थियो ।
सो अवसरमा म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले भगवान् बुद्धले देखाउनुभएको आठ सत्य मार्गबारेमा प्रकाश पार्दै पवित्र दिन संसारभरिका बुद्ध धर्मावलम्बी तथा सम्पूर्ण शान्तिप्रेमी मानवजातिका लागि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सबैलाई बुद्धका उपदेश पालना गरी शान्तिपूर्ण जीवन बिताउन सहभागीहरूलाई आग्रहसमेत गर्नुभयो ।
बुद्ध जन्मस्थल लुम्बिनी रहेको देश नेपाल र ९० प्रतिशत जनसंख्या बुद्ध धर्मावलम्वी रहेको म्यानमारबीच ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै घिमिरेले भगवान् गौतम बुद्धले दुईपटक म्यानमार भ्रमण गरेका तथा बुद्धका केही कपाल यांगुनको सेडगाउ प्यागोडमा राखिएको र उक्त प्यागोडामा राखिएका शाक्यमुनि बुद्ध, क्रकुछन्द बुद्ध तथा कनकमुनि बुद्धका तस्बिर नेपालबाट ल्याएर राखिएको बताउनुभयो ।
कार्यक्रममा भिक्षुहरूले धर्मदेशना गर्नुका साथै राजदूतावासले भिक्षुहरूलाई चिवर दानसमेत गरेको थियो । कार्यक्रममा प्रसादस्वरूप खिर, सेलरोटी, पुवा, नेपाली अचार प्रदान गरिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच