
मस्को । रूसले मार्चमा भएको मस्को कन्सर्ट हल आक्रमणमा इस्लामिक स्टेट (आईएस) को समन्वय रहेको पहिलो पटक बताएको छ । यो आक्रमण रूसमा दुई दशकमा भएको सबैभन्दा घातक आतङ्ककारी आक्रमण हो ।
“अनुसन्धानको क्रममा आतङ्कवादीहरूले आक्रमणको तयारी, वित्तीय सहयोग र आक्रमणमा अफगानिस्तान र पाकिस्तानमा सक्रिय आइएस शाखा खोरासान प्रान्त (आइएस-के) का सदस्यहरूले इन्टरनेटमार्फत समन्वय गरेको पुष्टि भएको रूसी सङ्घीय सुरक्षा सेवा (एफएसबी) का प्रमुख अलेक्जान्डर बोर्तनिकोभको भनाइलाई उद्धृत गरी आरआईए नोभोस्ती समाचार एजेन्सीले जानकारी गराएको छ ।
मार्च २२ मा भएको उक्त आक्रमणमा १४० भन्दा बढी मानिस मारिएका अनुसन्धान आइएसले गरिरहेको थियो । यसअघि मस्कोले बारम्बार युक्रेन र पश्चिमलाई आक्रमणमा जिम्मेवार रहेको आरोप लगाउदै आएको थियोे ।
बोर्तनिकोभले शुक्रबार आक्रमणमा युक्रेनी संलग्नतालाई समावेश गर्दै भन्नुभयो, “आक्रमणपछि आतङ्ककारीहरूलाई युक्रेनी सीमातिर जान स्पष्ट निर्देशनहरू प्राप्त भएको र त्यहाँबाट उनीहरूलाई भगाउने व्यवस्था गरिएको थियो ।”
युक्रेनले रूसको उक्त दाबीको बारम्बार खण्डन गर्दै आएको छ ।
आक्रमणकारीहरूले भवनमा आगो लगाउनुअघि मस्कोको बाहिरी भागमा रहेको क्रोकस सिटी हल स्थलमा आक्रमण गरेका थिए । घटनासँग सम्बन्धित रहेको आशङ्कामा चार सन्दिग्ध आक्रमणकारीसहित एक दर्जनभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ । उनीहरू सबै अफगानिस्तानको उत्तरी सीमामा रहेको पूर्व सोभियत सङ्घबाट भिन्न भएको ताजकिस्तानका नागरिक हुन् ।
अमेरिकाले मार्चको सुरुमा रूसलाई सार्वजनिक रूपमा नै चरमपन्थीहरूले मस्कोमा ठूलो आक्रमण गर्ने योजना बनाइरहेको जानकारी घटनापूर्व नै दिएको थियो । अज्ञात अमेरिकी गुप्तचर अधिकारीहरूले घटनापश्चात अमेरिकी सञ्चारमाध्यममार्फत उनीहरूले मस्कोलाई आइएसले विशेष गरी क्रोकस सिटी हल आक्रमण गर्ने योजना बनाएको अग्रिम जानकारी गराएको बताएका थिए ।
रूसले ती चेतावनीलाई बेवास्ता गर्यो। आक्रमणको तीन दिन अघि राष्ट्रपति भ्लादिमिर पुटिनले वासिङ्टनलाई ‘ब्ल्याकमेल’ गरेको र रूसीहरूलाई ‘तर्साउने’ प्रयास गरेको आरोप लगाउनुभएको थियो । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच