
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेदरल्यान्डस्सँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा नेपाल नेदरल्यान्डस्सँग ६ विकेटको हार व्यहोर्दै विश्वकपको सुरुवात गरेको हो ।
सामान्य लक्ष्य दिएको नेपालले केही उत्कृष्ट अवसरहरु गुमायो । सोमपाल कामी र कप्तान रोहित पौडेले तुलानात्मक रुमा सजिलो क्याच लिने अवसरबाट चुक्नु भएकाे थियाे । त्यस्तै अविनाश बोहोराले पनि एक रन आउटको सुन्दर अवसर गुमाउनु भएकाे थियाे ।
नेपालले दिएको १०७ रनको सामान्य लक्ष्य डच टोलीले ८ बल अगावै ४ विकेटको क्षतिमा भेट्टायो ।नेपालविरुद्ध जित निकाल्ने क्रममा म्याक्स ओ डाउडले अर्धशतक पूरा गर्नुभयो ।
डाउड ५४ र बास डे लिड ११ रनमा अविजित रहनुभयो । म्याक्स ओ डाउडले ४८ बलमा ४ चौका र १ छक्का प्रहार गर्नुभयो ।कप्तान स्कट इडवार्ड ५ रन बनाउँदा अविनास बोहोराको बलमा बोल्ड आउट हुनुभएको थियो ।तेस्रो विकेटका लागि ओपनर म्याक्स ओ डाउड र सेब्रट एंगेलब्रेचले २८ रनको साझेदारी गर्नुभयो ।
सोमपालले १४ औँ ओभरको पहिलो बलमा नै सेब्रड एंगेलब्रेचलाई १४ रनमा रन आउट गराउनुभयो ।दिपेन्द्र सिंह ऐरिले ८।२ ओभरमा ओपनर विक्रमजित सिंहलाई २२ रनमा बनाउँदा एलबीडब्लु धरापमा पार्नुभएको थियो । दोस्रो विकेटका रुपमा म्याक्स ओ डाउड र विक्रमजितले ४१ रनको साझेदारी गर्नुभयो ।
ओपनर माइकल लेविट दोस्रो ओभरको दोस्रो बलमा नै क्याच आउट हुनुभयो । नेपालका तिव्र गतिका बलर सोमपाल कामीले माइकललाई १ रन बनाउँदा दिपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट गराउनुभएको थियो ।
त्यसअघि अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी स्टेडियममा नेदरल्यान्डस्ले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४ बल अगावै १०६ रन बनाउँदा अलआउट भयो ।नेदरल्यान्डस्विरुद्ध नेपालको ब्याटिङलाइन चल्न सकेन । रनका लागि संघर्ष गरेको नेपालका ओपनिङ जोडीले इनिङस्लाई लामो समयअघि बढाउन नसक्दा नेपाल सस्तैमा समेटिएको थियो ।
नेपालको ओपनिङ जोडी लामो समय क्रिजमा टिक्न नसक्दा मध्य र तल्लो क्रमका ब्याटर दबाबमा देखिका थिए ।नेपालका लागि कप्तान रोहित पौडेलले बनाएको ३५ रन नै नेपालका लागि सर्वाधिक रह्यो । उहाँले ३७ बलमा ५ चौका प्रहार गर्नुभएको थियो ।
नेपालले चौथो ओभरमा नै दुबै ओपनरलाई गुमाएको थियो । नेपालले दोस्रो ओभरको अन्तिम बलमा ओपनर आशिफ शेखलाई गुमाएको थियो । आशिफ ४ रन बनाउँदा टिम प्रिङग्लेको बलमा भिभियन किंग्माको हातबाट क्याच आउट हुनुभएको थियो ।
अर्का ओपनर कुशल भुर्तेल चौथो ओभरको पहिलो बलमा ७ रन बनाउँदा भान विकको बलका एलबीडब्लु धरापमा पर्नुभयो । कुशल मल्ल ९ रनमा क्याच आउट हुनुभयो । अनिल शाह ११ रन बनाउँदा टिम प्रिङग्लेको बलमा भान विकको हातबाट क्याच आउट हुनुभयो । अनिलले १२ बलमा २ चौका प्रहार गर्नुभएको थियो ।
तेस्रो नम्बरमा ब्याटिङमा आउनुभएका अनिल शाह ११ रन बनाउँदा क्याच आउट हुनुभयो । कुशल मल्ल ९ रनमा क्याच आउट हुनुभयो ।
कुशल मल्ल ९, दिपेन्द्र सिंह ऐरि १ र सोमपाल कामी शुन्य रनमा नै पेभेलियन फर्कनुभयो ।तल्लोक्रममा ब्याटिङमा आएका गुल्सन झा र करण केसीले छक्का प्रहार गर्दै समर्थकमा केही आशा जगाउनुभएको थियो ।
१७ रन बनाएका करण केसी १९ औँ ओभरको पाचौँ बलमा बास डे लिडको बलमा किंग्माको हातबाट क्याच आउट हुनुभयो । करणले १२ बलमा २ छक्का सहयोगमा १७ रन बनाउनुभएको थियो ।गुल्सन झा १४ रनमा बोल्ड आउट हुनुभयो । अविनास बोहोरा शुन्य रनमा कट एण्ड बोल्ड हुनुभयो । सागर ढकाल शुन्य रनमा अविजित रहनुभयो ।
नेपाललाई सामान्य योगफलमा रोक्न नेदरल्यान्डस्का टिम प्रिंगलले ३ विकेट लिनुभयो । उहाँले आफ्नो स्पेलमा २० रन खर्चनुभयो । लोगान भान विकले ३ विकेट आफ्नो नाममा गर्नुभयो ।पल भान मिकेरेन र बास डे लिडले समान २ विकेट झार्नुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच