गाजा संकटबारे अमेरिकी राजदुतद्वारा कायरोमा इजिप्टका मन्त्रीहरूसँग भेट

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । मध्यपूर्व र उत्तर अफ्रिकाका लागि अमेरिकाका राजदुत ब्रेट म्याकगुर्कले इजिप्टका विदेशमन्त्री सामेह शौकरी र रक्षा मन्त्री मोहम्मद जाकीसँग गाजापट्टीको संकटको पछिल्लो घटनाक्रमका बारेमा छलफल गर्न कायरोमा छुट्टाछुट्टै बैठकहरू गर्नुभएको थियो ।

शौकरीसँग म्याकगुर्कको भेटमा उहाँहरूले इजरायल-हमास युद्धविराम सम्झौताको लागि हालैको अमेरिकी प्रश्ताव, प्यालेस्टिनी कैदीहरू र इजरायली बन्धकहरूको आदानप्रदानसहित, इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाले यस सम्बन्धमा गरेको संयुक्त मध्यस्थता प्रयासलाई जोड दिनुभयो । विगत आठ महिनादेखि जारी इजरायल र गाजा-शासक हमासबीचको द्वन्द्व अन्त्य गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनले मे महिनाको अन्त्यतिर युद्धविराम सम्झौताको प्रश्ताव गर्नुभएको थियो ।

शौकरी र म्याकगुर्कले दुवै पक्षलाई जति सक्दो चाँडो सम्झौतामा पुग्न र सम्पूर्ण गाजा पट्टीमा युद्धविराम सुनिश्चित गर्न गम्भीर र वास्तविक कदमहरू लिनु पर्ने कुरामा जोड दिनुभएको छ । इजिप्टका रक्षा मन्त्रीसँग म्याकगुर्कको भेटले गाजा पट्टी भित्र (इजरायली) सैन्य कारबाहीको निरन्तरता र तिनीहरूको कठिन मानवीय असरको प्रकाशमा वर्तमान क्षेत्रीय घटनाक्रमहरूका बारेमा पनि छलफल भएको बताइएको छ ।

इजरायली सेनाले मेको शुरुमा गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही शुरु गरेको थियो । इजिप्टबाट गाजामा मानवीय सहायता पु¥याउनको लागि जीवन रेखा रफाह सीमा पार गर्ने प्यालेस्टिनी पक्षलाई नियन्त्रणमा लिएको थियो । इजिप्टले आफ्नो प्यालेस्टाइन पक्षबाट इजरायली फिर्ताको माग गर्दै महत्वपूर्ण क्रसिङ बन्द गरेको थियो ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?