लामो समयदेखि ड्रेस डिजाइनको क्षेत्रमा काम गर्दै आइरहनुभएकी ड्रेस डिजाइनर सञ्जिता बरालको ‘पटुकी पोशाक’मा पनि सेलिब्रेटीहरू आफ्नो लागि पोशाक बनाउन पुग्नेहरूको संख्या दिनप्रतिदिन बढ्दो छ । सेलिब्रेटीलाई आकर्षण र उम्दा बनाउन सिपालु डिजाइनरको पहिचान स्थापित गर्न सफल सञ्जिताले नेकष्ट सुपर मोडल २०१७, सिन्ड्रेला नेपाल २०१७, मिस एण्ड मिसेज नेपाल २०१८, मिस नेपाल २०२२, मेगा मोडल सिजन ४, मिस वल्र्ड, मिस अर्थ र मिस इन्टरनेशनललगायत दर्जनौं ठूला कार्यक्रममा आफ्नो कलाकौशलमार्फत सम्मानित हुनुभएको छ । सञ्जिताले हालै सम्पन्न ‘द पोएट आइडल सिजन २’ निर्णायकमध्येकी केकी अधिकारीका लागि कार्यक्रम अवधिको ड्रेस डिजाइन गर्नुभएको थियो । आइआइएफटी स्कुल अफ फेशनमा ड्रेस डिजाइनको प्रशिक्षण लिनुभएकी कुशल ड्रेस डिजाइनर सञ्जिता बरालसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अशंः-
यो पेशा अंगाल्नु भएको कति भयो ?
काम गर्न थालेको त धेरै नै भयो । पेशाको रूपमा काम गर्न थालेको त्यस्तै आठ वर्ष भयो ।
किन यो पेशा रोज्नु भयो ?
सानैबाट नेपालमै बसेर जीवनमा केही नौलो काम गर्नुपर्छ भन्ने लाग्थ्यो । अरूमा निर्भर हुनुभन्दा आफ्नो लागि आफैंले केही गरियो भने समाजको हेर्ने दृष्टिकोण फरक हुन्छ भन्नेर यो पेशा रोजेकी हुँ ।
अहिलेका पुस्ताले कस्ताखालको पहिरन रुचाउँछन् ?
अहिलेका युवा पुस्ताहरू बजारमा जुन नयाँ डिजाइन आउँछ त्यसप्रति आकर्षित हुन्छ र मौसमानुसार पहिरन लगाउन रुचाउनु हुन्छ ।
मन पर्नेभन्दा पनि आज म के काम गर्नका लागि जाँदैछु भनेर पहिरन छनौट गर्नुपर्छ जस्तो लाग्छ । अफिस जाने हो भने फर्मल पहिरन लगाउने, विवाह पार्टीमा जाँदै हुनुहुन्छ भने साडी, लेहङ्गा चोली गाउन लगाउन सकिन्छ । रातिको पार्टी हो भने कक्टेल ड्रेसहरू लगाउन सकिन्छ । आफ्नो दैनिकी जीवनमा सामान्य पेन्ट, टिसर्ट, फ्रक आदि लगाउन सकिन्छ । त्यसैले आफू सुहाउँदो पहिरन लगाउनु साथै मौसमानुसारका रंगले भरिएका पहिरन लगाउनु फेशन हो जस्तो लाग्छ । फेशन भन्ने बित्तिकै अंग देखिने खालको लगाउन पर्छ भन्ने छैन ।
फेशन कस्तो हुनुपर्छ ?
मन पर्नेभन्दा पनि आज म के काम गर्नका लागि जाँदैछु भनेर पहिरन छनौट गर्नुपर्छ जस्तो लाग्छ । अफिस जाने हो भने फर्मल पहिरन लगाउने, विवाह पार्टीमा जाँदै हुनुहुन्छ भने साडी, लेहङ्गा चोली गाउन लगाउन सकिन्छ । रातिको पार्टी हो भने कक्टेल ड्रेसहरू लगाउन सकिन्छ । आफ्नो दैनिकी जीवनमा सामान्य पेन्ट, टिसर्ट, फ्रक आदि लगाउन सकिन्छ । त्यसैले आफू सुहाउँदो पहिरन लगाउनु साथै मौसमानुसारका रंगले भरिएका पहिरन लगाउनु फेशन हो जस्तो लाग्छ । फेशन भन्ने बित्तिकै अंग देखिने खालको लगाउन पर्छ भन्ने छैन ।
फेशनमा के कुराले रुचि जगायो ?
यो क्षेत्रको रुचि त सानैबाट हो । दशैँमा बुबाले नयाँ लुगा किन्न पसल लैजानु हुँदा पनि कपडाको रंगभन्दा पनि कसरी बनेको रहेछ भन्नेतिर मेरो ध्यान जान्थ्यो । तन्ना काटेर पुतलीलाई लुगा बनाएर लगाइदिने, मेरो खेलौना नै कँैची र कपडा हुन्थ्यो भन्नुहुन्छ आमा पनि । सायद त्यही कुराले रुचि जगायो ।
आफ्नो डिजाइन अनुभवको बारेमा भन्नुपर्दा ?
शब्दमा बयान गर्न मुश्किल हुन्छ अनुभवको बारेमा । काम गर्दै जाँदा प्रत्यक दिन नयाँनयाँ कुरा सिकिरहेको हुन्छु । मलाई रमाईलो लाग्छ, जति मान्छेहरू भेट्छु सबैको भिन्नाभिन्दै सोच हुन्छ । सबैको सोचविचारमा काम गर्न पाउँदा धेरै कुरा सिकिन्छ । यस्तोमा म नै पो धेरै कुरामा अञ्जान छु जस्तो लाग्छ । त्यसैले नयाँनयाँ अनुभवले नै भविष्यका लागि धेरै कुरा सिकाउँछ जस्तो लाग्छ ।
यहाँलाई मनपर्ने ब्राण्डहरू कुन-कुन हुन् ?
एउटा ब्राण्ड स्थापित हुन धेरै मिहिनेत परेको हुन्छ । आ-आफ्नो ठाउँमा सबै ब्राण्ड राम्रा छन् । स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्छ भन्ने मान्यता अनुसार गोल्ड स्टारलगायत घरेलु ब्राण्डका सामान प्रयोग गर्छु ।
डिजाइनमा बढी प्रयोग हुने कपडा ?
डिजाइन गर्दा सबै खालको कपडा प्रयोग हुन्छ । तर, सादा कपडामा हातको काम गरेर बुट्टा भर्छौ । ग्राहकको रुचि अनुसारको रंग तयार गर्नुपर्ने भएकाले सबै प्रकारका कपडा प्रयोग हुन्छ ।
यहाँको हालसम्मको व्यावसायिक उपलब्धि ?
व्यावसायिक उपलब्धिभन्दा पनि मलाई विश्वास गर्ने र मायाँ गर्नुहुनेको संख्या बढेको छ । देशको कुरै छाडौं विदेशमा रहनु हुनेहरूले पटुकी पोशाकलाई मायाँ गरेर कामलाई निरन्तरता दिइरहनु भएको छ । कमाई भन्दा साथ र सहयोग नै मेरो लागि सबैभन्दा ठूलो उपलब्धि हो । व्यावसायिक उपलब्धिभन्दा पनि मलाई विश्वास गर्ने र मायाँ गर्नुहुनेको संख्या बढेको छ । देशको कुरै छाडौं विदेशमा रहनु हुनेहरूले पटुकी पोशाकलाई मायाँ गरेर कामलाई निरन्तरता दिइरहनु भएको छ । कमाइ भन्दा साथ र सहयोग नै मेरो लागि सबैभन्दा ठूलो उपलब्धि हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच