काठमाडौं । १२औं संस्करणकारणको नेपाल अफ्रिका फिल्म फेस्टिभलमा नेपालसहित १० देशका २८ वटा चलचित्र, बृत्तचित्र तथा लघु चलचित्र चयन भएका छन् । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सहआयोजनामा हुन लागेको १२औं संस्करणको यो महोत्सवमा यसपटक साउथ अफ्रिका, इजिप्ट, तान्जानियाँ, टर्की, मोजाम्बिया, जिम्बाबे, क्यामरुन, मोरिसस, जमइका गरी नौ देशबाट आठवटा अफ्रिकन चलचित्र चयन भएका छन् । जसमा ‘फुल्स’ र ‘द चेस्लर’ गरी दुईवटा चलचित्र, ‘वी हृयाभ नेभर बिन किड्स’ र ‘हृवाइट पोसन’ गरी दुईवटा बृत्तचित्र छन् । यस्तै ‘डाइनिज’, ‘अफस्प्रिङ’, ‘सर्भाइभर’ र ‘इग्नोरेन्स इज अ लाइफस्टाइल’ गरी चारवटा लुघ चलचित्र छन् ।
यसपटक १५ भन्दा बढी मुलुकका चार दर्जनभन्दा बढी अफ्रिकन चलचित्र, लुघ चलचित्र तथा बृत्तचित्र प्राप्त भएकोमा महोत्सवका लागि आठवटा अफ्रिकन चलचित्र चयन गरिएको आयोजकले जनाएको छ । यस्तै महोत्सवमा नेपालबाट सातवटा नेपाली र आदिवासी चलचित्र, तीन वटा बृत्तचित्र र दशवटा लघु चलचित्र चयन भएका छन् । नेपालबाट ७३ वटा चलचित्र, बृत्तचित्र तथा लघुचलचित्र प्राप्त भएकोमा निर्णयक टिमले फेस्टिभलका लागि २० वटा चयन गरिएको हो ।
चयन भएको नेपाली तथा आदिवासी चलचित्रमा ‘सरी मम, काँडेतार, गोर्खा वारियर, सनाखत, आफ्नै कर्म, लोजिमा र रित’ रहेका छन् । यस्तै बृत्तचित्रतर्फ ‘जर्नी टु गोक्यो, काँचो बायु र चेसिङ द ड्रिम’ रहेका छन् । महोत्सवमा छानिएका नेपाली लघु चलचित्रहरूमा ‘सिगरेट, आमा, ऐना, ढुकढुकी, घटेरो, हे दैव, जुत्ता, म्यारिज डे, मातृत्व र रोटेन ब्लड’ छन् । यो महोत्सवको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष एवं कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशनकी प्रिन्सिपल डा.मञ्जु मिश्रले जानकारी गराएकी गराउनुभयो ।
महोत्सव निर्देशक डब्बु क्षत्रीका अनुसार विगत झै यसपटक पनि यो महोत्सवलाई तीन दिनसम्म आयोजना गरिँदैछ । नेपाली र अफ्रिकन चलचित्रको सम्बन्धलाई जोड्दै दुई फरक महादीपको संस्कृति चलचित्रमार्फत आदन प्रदान गर्न यो महोत्सव आयोजना गर्दै आएको महोत्सव निर्देशक क्षत्रीले जानकारी गराउनुभयो । महोत्सव असार ७ गतेदेखि हुँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच