
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको रतुवामाई नगरपालिका वडा नं ६ का वडाध्यक्ष तुलाराम लुइटेलसहित ७ जनाविरुद्ध सामाजिक सुरक्षा भत्तामा विवरणकाे लिखत किर्ते गरेको आरोपमा मुद्दा दायर गरेको छ ।
रतुवामाई नपा वडा नं ७ का तत्कालीन वडा सचिव कल्पाना बाँस्कोटा, तत्कालीन प्रशासकीय अधिकृत सुनिल पौडेल, नासु रमेश कोइरालासहित ७ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनीहरुले सामाजिक सुरक्षा (जेष्ठ नागरिक) भत्ता प्रदान गर्दा वडाध्यक्षसमेतको मिलेमतोमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य नरहेको व्यक्तिलाई लाभग्राहीको सूचिमा प्रविष्ट गराएकाे, सामाजिक सुरक्षा भत्ता कार्ड जारी गरेको एवं नागरिकतामा भएको साविकको जन्म मितिमा फेरबदल गरी भत्ता प्राप्त गर्न उमेर नै नपुगेका व्यक्तिलाई लाभग्राहीको सूचीमा प्रविष्ट गराउनको निमित्त नागरिकताको प्रथम प्रतिलिपिको लागि वडा कार्यालयबाट गरिने सिफारिसको व्यहोरामा जन्म मितिको उमेर बढाएर बदनियतपूर्ण ढंगले गलत लिखत तयार पारेको अख्तियारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
आयोगले वडाध्यक्ष लुइँटेलविरुद्ध १ लाख ६० हजार, रतुवामाईका तत्कालीन वडा सचिव कल्पना बास्कोटाविरुद्ध १ लाख ४४ हजार रुपैयाँ बिगो कायम गरेको छ ।
इलाका प्रशासन कार्यालय रंगेली, मोरङका तत्कालीन प्रशासकीय अधिकृत सुनिल पौडेल र तत्कालीन नायब सुब्बा (नासु) रमेश कोइरालाविरुद्ध गलत लिखतसम्बन्धी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिम कैद र जरिवानाको सजायको मागदाबी आयोगले गरेको छ ।
यस्तै रतुवामाई नगरपालिका वडा नम्बर ६ का मेगदीप पोखरेल र तारादेवी पोखरेलविरुद्ध १ लाख ४४ हजार तथा रतुवामाई- ६ की भक्तकुमारी लुइँटेलविरुद्ध १६ हजार रुपैयाँ बिगो कायम गरिएको विज्ञप्तिमा भनिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच