ओटावा । क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले जी-७ नेताहरूको अर्को शिखर सम्मेलन कानानास्किस अल्बर्टामा सन् २०२५ मा आयोजना गर्ने घोषणा गर्नुभएको छ । क्यानडाले शिखर सम्मेलन आयोजना गर्ने यो सातौंपटक हुनेछ । रकी माउण्टेनहरूमा मनोरञ्जन र पर्यटनका लागि प्रख्यात कानानास्किस क्यालगरीबाट ७५ किलोमिटर पश्चिममा छ ।
यसले सन् २००२ मा, जी-७ को २८औं शिखर सम्मेलनको आयोजना समेत गरेको थियो । उक्त शिखर सम्मेलनको अन्तिम विज्ञप्तिमा रूस समूहको वास्तविक पूर्ण सदस्य बन्ने घोषणा गरिएको थियो ।
सन् २०१८ मा क्यानडाले आयोजना गरेको अन्तिम जी-७ शिखर सम्मेलन विवादित बनेको थियो । त्यसपछि बैठक छाड्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै आफ्ना प्रतिनिधिहरूलाई नेताहरूको सन्देशलाई समर्थन नगर्न निर्देशन दिनुभएको थियो । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच