मस्को । उत्तर कोरियाको भ्रमणमा रहनुभएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले समकक्षी नेता किम जोङ अनसँग भेटवार्ता गर्नुभएको छ । उहाँले युक्रेन युद्धलगायतका रुसी नीतिहरूमा उत्तर कोरियाले जनाएको समर्थनको कदर गर्दै यसका लागि उत्तर कोरिया, त्यहाँका जनता र सरकारप्रति नेता पुटिनले धन्यवाद ज्ञापन गर्नुभएको रुसी सञ्चारमाध्यमले जनाएका छन् ।
‘युक्रेनी मुद्दासहित रुसी नीतिमा यहाँको व्यवस्थित र स्थायी समर्थनको हामी निकै कदर गर्छौँ’, उत्तर कोरियाली नेतासँगको बैठकमा पुटिनले भन्नुभयो ।
प्योङयाङमा आयोजित समारोहपछि पुटिनले ‘समानता र पारस्परिक चासोको सम्मानको सिद्धान्तमा आधारित’ द्विपक्षीय सहयोगको घोषणा गर्नुभयो ।
‘रुस र उत्तर कोरिया धेरै दशकदेखि बलियो मित्रता र घनिष्ठ छिमेकी सम्बन्धमा बाँधिएका छन्’, उहाँले भन्नुभयो । दुई देशका नेताहरूको बढ्दो घनिष्ठ सम्बन्धले सियोल र वासिंटनका लागि चिन्ता उत्पन्न गरेको छ । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच