श्री एयरलाइन्सको काठमाडौं-भरतपुर परीक्षण उडान सफल

होमनाथ सापकोटा चितवन, संवाददाता
होमनाथ सापकोटा चितवन, संवाददाता
Read Time = 3 mins

भरतपुर । श्री एयरलाइन्सको काठमाडौं-भरतपुर परीक्षण उडान सफल भएको छ । श्री एयरलाइन्सको ८० सिटे जहाज आज काठमाडौंबाट भरतपुर विमानस्थलमा सफल अवतरण भएको हो । सफल अवतरण पश्चात उक्त जहाज पुनः काठमाडौं गएको हो ।

जहाज परीक्षणको निरीक्षण गर्न उपप्रधानम तथा गृहमन्त्री रवि लामिछाने र पर्यटनमन्त्री हितबहादुर तामाङ भरतपुर आउनु भएकाे थियाे । उडान परीक्षणका क्रममा कुनै समस्या नभएको श्री एयरलाइन्सका प्रबन्ध निर्देशक सुधिर मितलले जानकारी दिनुभयाे । नेपाल नागरिक उड्ययन प्राधिकरणले अनुमति दिएपछि नियमित उडान भर्ने उहाँले बताउनुभयाे ।

उडान अनुमतिको प्रक्रिया पुरा गर्न केहि महिना लाग्ने छ । अहिले काठमाडौं-भरतपुरमा बुद्ध एयरले मात्रै उडान भर्दै आएको छ । बुद्ध एयरको ४२ सिटे जहाजले उडान भर्ने गरेका छन् । भरतपुर-काठमाडौँको एकतर्फी भाडा चार हजार ८०० भन्दा बढी छ । श्री एयरलाइन्सले नियमित उडान थालेपछि हवाई भाडा घट्ने विश्वास लिइएको छ ।

‘हवाई भाडा पक्कै पनि घट्ने छ । तर, कति घट्छ भन्ने कुरा चाँहि उडान भर्नेबेलामा जानकारी गराउछौँ’, प्रबन्ध निर्देशक मितलले बताउनुभयाे । भरतपुर विमानस्थल विस्तार र टर्मिनल भवनको निर्माण कार्य भइरहेको छ ।

गृहमन्त्री लामिछाने, पर्यटनमन्त्री तामाङ र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायतले निर्माणाधीन टर्मिनल भवनको पनि निरीक्षण गर्नुभएकाे छ ।

विमानस्थल विस्तार भएपछि यहाँ रात्रिकालिन हवाई सेवा पनि सुरु हुने छ । ढिलोमा सन् २०२५ को सुरुवातदेखि विमानस्थल विस्तारको काम सुरु हुने बताइएको छ । विस्तारपछि विमानस्थलको रनवे १८ सय मिटरको हुनेछ ।

भरतपुर महानगर प्रमुख दाहालले ८० सिटे जहाजको सफल परीक्षणसँगै महानगरबासीको सपना साकार भएको बताउनुभयाे । भरतपुर देशकै मध्यभागमा पर्ने भएकाले पनि भरतपुर विमानस्थल विस्तारको योजनालाई महानगरले समेत पहल गरेको उहाँले बताउनुभयाे ।

पर्यटनमन्त्री तामाङले एक वर्षभित्रै रनवे विस्तारको काम सुरु हुने बताउनुभयाे। गृहमन्त्री लामिछानेले चितवन अथाह सम्भावना भएको जिल्ला भएको बताउँदै पर्यटकको संख्या बढाउनका लागि विमानस्थल विस्तारको कामले ठूलो सहयोग पुग्ने बताउनुभयाे । विमानस्थल विस्तारमा आफुले सक्दो सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?