मानव अधिकार वर्ष पुस्तक प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

निर्पेन्द्रबहादुर मल्ल
Read Time = 4 mins

मुगु । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।

आइतबार विहान सम्पन्न समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि सर्जन कुमार शाहीले २०८० मंसिर ३१ गते देखि २०८१ जेष्ठ १९ गतेसम्म सङ्कलन गरिएका १२ ओटा घटना प्रस्तुत गर्नु भएको थियो ।

कुटपिट सम्बन्धित ४ वटा , दुर्व्यवहार एक वटा, महिला हिंसाको ७ वटा घटनाहरु प्रस्तुत गरिएकोमा यो ६ महिनाको तथ्यांक अनुसार सबै भन्दा बढी महिला हिंसाका घटना समाबेश भएको इन्सेकले देखाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मुगु जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरि नायब उपरीक्षक बिरेन्द्र थापाले इन्सेकले तयार पारेको प्रतिवेदन माथि प्रकाश पार्दै इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकले प्रहरीको अनुसन्धानमा ठुलो सहयोग पुर्याएको र जिल्ला प्रहरी कार्यालय मुगुमा परेका उजुरीहरुको विवरण प्रहरीले राम्रोसङ्ग नराखेको भन्ने इन्सेकको गुनासो प्रति आफ्नो ध्यानआकर्षण भएको र आगामि दिनहरुमा सबै विवरण नियमित अध्यावधिक गर्ने वातावरण मिलाउने बताउनु भयो ।

जिल्ला नागरिक समाज मुगुका अगुवा रुप बहादुर मल्लले इन्सेकले सङ्कलन गरेका घटना यथार्थ सहि भएको र मानव अधिकार उलंघन सम्बन्धिका घटना न्यूनीकरणका लागि इन्सेकले जनचेतना मुलुक तालिम वा गोष्ठी गर्न इन्सेकलाई सुझाव दिनु भयो । स्थानिय सरकारका न्याय समितिहरु कमजोर भएको कारण स्थानीय तहमा मानव अधिकारका उजुरी नै नपर्ने गरेको पनि उहाँले बताउनु भयो ।

नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले आफ्नो भनाइ राख्दै मुगुमा मिति सकिएका खाद्यान्न आउने र अभाव भएर जनताले दु:ख पाउने गरेको कुरालाई खाद्य अधिकारको बारेमा घट्ने घटनामा बिशेष जोड दिन इन्सेकलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा उपस्थित पुर्व इन्सेक जिल्ला प्रतिनिधि जीवन सेजुवालले मुगुमा सबै भन्दा बढी महिला हिंसाका घटनाहरु घट्ने तर स्थानीय तहको न्याय समितिमा नआउने र गाउँमा भएका प्रहरी चौकीमा नै मेलमिलाप हुने उक्त क्षेत्रमा सम्पर्क गरेर घटना संकलन गर्न सुझाव दिनुभयो ।

मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि प्रकाशन पुर्व संकलित घटनाहरु बारे सरोकारवालाहरुसङ्ग गरिएको अर्धवार्षिक समीक्षा कार्यक्रममा पत्रकार, प्रहरी कार्यालय, सरकारी वकिल कार्यालय र जिल्ला अदालतका प्रतिनिधिहरुकाे उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?