काठमाडौं । कोरिया सरकारको निमन्त्रणामा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ औपचारिक भ्रमणका लागि शुक्रबार साँझ कोरिया प्रस्थान गर्नुभएको छ । एक साताको कोरिया भ्रमणमा मन्त्री श्रेष्ठ इमिनेन्ट दक्षिण एसियाली डिगनिटरिज, नेपाल दूतावासद्वारा आयोजित लगानी समिटलगायतका विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ ।
लगानी सम्मेलनमा पिपिपी मोडलमा खेलकुदको भौतिक पूर्वाधार, खेलकुद प्रविधि, टुरिजम र हाइड्रो प्रोजेक्टको विषयमा केन्द्रित हुने मन्त्री श्रेष्ठले बताउनुभयो । कोरियन स्पोटर््स एण्ड ओलम्पिक कमिटीका अध्यक्ष लि–की हुङ र वल्र्ड तेक्वान्दो फेडरेसनका अध्यक्ष डाक्टर चुङवोङ चावोसँग पनि भेटवार्ताको कार्यक्रम छ । कोरियन स्पोर्ट्स एण्ड ओलम्पिक कमिटीसँगको भेटमा आगामी एसियन गेम्सका लागि प्रशिक्षण र प्राविधिक सहयोगको विषयमा चर्चा हुनेछ ।
वल्र्ड तेक्वान्दो फेडरेसनका अध्यक्षसँग शैलुङको हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माणपश्चात् मान्यताको विषयलाई प्रमुख एजेन्डाका रूपमा राखिएको छ । यसैगरी कोरियन नेसनल स्पोर्ट्स युनिभर्सिटी भ्रमण र कोरियन एन्टी डोपिङ एजेन्सी काडासँग पनि भेटवार्ताको कार्यक्रम छ ।
मन्त्री श्रेष्ठले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर भ्रमणका बारेमा जानकारी गराउनुभएको थियो । मन्त्री श्रेष्ठसँग प्रमुख स्वकीय सचिव प्रदीप ज्ञवाली पनि कोरिया प्रस्थान गर्नुभएको छ । भ्रमण पूरा गरेर मन्त्री श्रेष्ठ असार २२ गते नेपाल फर्किने कार्यक्रम छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच