तीन तहको सुरक्षा निकायलाई हाई अलर्टमा रहन मुख्यमन्त्री सोडारीको निर्देशन

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 1 min

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले तीनै तहको सुरक्षा निकायलाई हाई अलर्टमा रहन निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रि परिषद्‌को कार्यालयमा आज बसेको विपद् व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री सोडारीले राहत, उद्धारको लागि उच्च सतर्कता अपनाउन निर्देशन दिनुभएको हो ।

मुख्यमन्त्री सचिवालयले दिएको जानकारी अनुसार तत्काल २ हजार नेपाल प्रहरी परिचालित रहेको रहेका छन् । साथै सशस्त्र प्रहरी र नेपाली सेनालाई पनि उच्च सतर्कतामा राखिएको हो ।

केही दिनयता सुदूरपश्चिम प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा बाढी जोखिम बढेको छ भने पहाडी जिल्लामा पहिरोले दर्जनौँ सडकहरू अवरुद्ध भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?