
काठमाडौं । चौधरी ग्रुप मातहतको सिजी फुड्स नेपाल लिमिटेडद्वारा उत्पादित वाई वाई चाउचाउले नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । आइसिसी टी-२० विश्वकपमा सहभागी खेलाडीलाई प्रोत्साहन स्वरूप वाईवाईले घोषणा गरेअनुसार उक्त रकम हस्तान्तरण गरेको हो ।
वाईवाईले विश्वकप सुरु हुनअघि शतक प्रहार गर्ने नेपाली खेलाडीलाई एक लाख, प्रत्येक जितमा एक लाख ५० हजार र अर्धशतक प्रहार गर्ने नेपाली खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको थियो ।
यस्तै प्रत्येक विकेटमा १५ हजार, हरेक छक्कामा १२ हजार, हरेक चौका आठ हजार र हरेक रनमा एक हजार रुपैयाँ वाईवाईले प्रदान गर्ने उल्लेख गरेको थियो ।
सोही घोषणाबमोजिम वाईवाईले विश्वकपमा नेपाली टिमको समग्र प्रदर्शनअनुसार सम्पूर्ण रनको तीन लाख पाँच हजार, विकेटको तीन लाख १५ हजार, चौकाहरूको दुई लाख १६ हजार, छक्काहरूको एक लाख आठ हजार गरी नौ लाख ४४ हजार भएकोमा उक्त रकममा ५६ हजार थप गरी हस्तान्तरण गरेको हो ।
नेपाली क्रिकेट टिम विश्वका जुनसुकै टिमलाई चुनौती दिन सक्छ : खड्का
नेपाल क्रिकेट संघका सचिव पारस खड्काले नेपाली क्रिकेट टिम विश्वका जुनसुकै टिमलाई चुनौती दिन सक्ने अवस्थामा पुगेको बताउनुभएको छ । बुधबार काठमाडौंमा सिजी फुड्स नेपाल लिमिटेडले आइसिसी टी-२० विश्वकपमा सहभागी खेलाडीलाई प्रोत्साहन स्वरूप घोषणा गरेको पुरस्कार वितरण कार्यक्रममा सचिव खड्काले हालैको विश्वकपमा नेपालले गरेको प्रदर्शन प्रशंसायोग्य रहेको बताउनुभएको हो ।
नेपालले विश्वकपमा बेहोरेको हार दुःखद भए पनि प्रदर्शन भने निकै उत्कृष्ट रहेको उहाँको भनाइ थियो । सचिव खड्काले आगामी दिनमा नेपाली क्रिकेटप्रतिको आशालाई थप बलियो बनाउन त्यहीअनुसारको पूर्वाधारयुक्त तयारी गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै, नेपाली क्रिकेटर सन्दीप लामिछानेले विश्वकपको नतिजा जस्तो आए पनि थप अनुभव र हौसला प्राप्त भएको सुनाउनुभयो । अग्रजहरूका कारण नेपाली क्रिकेट अहिलेको अवस्थामा आइपुगेको भन्दै उहाँले क्रिकेटमा नेपाललाई थप सफलता दिन मेहनत गर्ने उल्लेख गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच