
बैतडी । बैतडीमा विद्युत् विस्तारको कामलाई व्यवस्थित गर्न नसक्दा दुर्घटनाको जोखिम बढेको छ । जिल्लाका विभिन्न स्थानमा विद्युतको लाइन बिस्तार गर्दा मापदण्डअनुसार नहुँदा विद्युतिय दुर्घटनाको जोखिम बढेको हो ।
व्यवस्थित तरिकाले बिजुलीका पोलहरु नगाड्दा ढल्ने र तारले बोटविरुवालाई छुने भएकाले विद्युतिय दुर्घटनाको जोखिम बढेको छ । पुर्चौडी नगरपालिका–६ को सनगाउँमा किसानका खेतमा लगाइएका केरा र मकैका पातहरुमा विद्युत तारहरुले छोएको शिक्षक जनकबहादुर धानुकले बताउनुभयो । करेन्ट लाग्ने डरले खेतबारीमा काम गर्न समेत समस्या भएको धानुकले जानकारी दिनुभयो ।
‘विद्युतका खम्बाहरु ५सय मिटर बढीको दुरिमा छन्, जसका कारण तारहरु लप्केर बोट बिरुवालाई छुने गरेकाछन्’ उहाँले भन्नुभयो, ‘हाम्रो नजिकमा विद्युतका कर्मचारी छैनन्, नगरपालिका र विद्युत कार्यालयलाई जानकारी गराउदाँ कुनै सुनुवाई भएन ।’
विद्युत प्राधिकरणको लापरवाहीका कारण जिल्लामा बेला बेला विद्यूतीय दुर्घटना हुने गरेका छन् । विजुलीका तार लप्किएर मकै तथा अन्य फलफूलका बिरुवालाई छोएर करेन्ट प्रवाह हुने डरले बारीबाट तरकारी ल्याउन तथा गोडनेलका लागि समस्या हुने गरेको अर्का स्थानीय धनपति धानुकले बताउनुभयो । नजिक विद्युतका कर्मचारी नहुँदा विद्युत कार्यालयलाई जानकारी गराउदाँ कुनै सुनुवाइ नभएको स्थानीयहरुको भनाई छ ।
पुर्चौडीमा मात्रै नभएर जिल्लाका अन्य ठाउँबाट तार लत्किएको तथा पोल ढल्ने अवस्थामा रहेको भन्दा गुनासाहरु आउने गरेका छन् । जनशक्ति अभावका कारण सबै क्षेत्रमा कर्मचारी खटाउन नसकिएको विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीले जनाएको छ । जोखीमयुक्त ठाउँहरुमा समस्या समाधानका लागि तत्कालै कर्मचारी खटाउने गरिएको बितरण केन्द्रका प्रमुख जर्नादन पौडलले जानकारी दिनुभयो ।
वितरण केन्द्रले विद्युत विस्तार संगै उठान बाँकी रहेको वक्यौता रकमलाई प्राथमिकतामा राखेको छ । तर पोल तथा तारलाई दुर्घटना नहुने गरी व्यवस्थीत गर्न नसक्दा दुर्घटनाको जोखिम बढाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच