महिलालाई अगाडि नबढाएसम्म देश बन्दैन : सांसद कोईराला

काठमाडाैं । नेपाली काँग्रेसका सांसद डा. शशांक कोईरालाले महिलालाई अगाडि नसारेसम्म देशले विकास गर्न नसक्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र विषयक विचार गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले महिलालाई आदर र सम्मानका साथ अघि बढाएमात्रै देशले गति लिने बताउनु भयो ।

उहाँले महिलाले हरेक घर, समाज र देशलाई नै नेतृत्व गरी विकास गर्नसक्ने जिकिर गर्नुभयो । उहाँले महिलाहरुकै अग्रणी भुमिकाका कारण आफूले ४ पटक निर्वाचन जितेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘महिलाहरुलाई जबसम्म हामी आदर गर्दैनौँ, तबसम्म हाम्रो विकास हुन सक्दैन । महिला नै महिलाको बीचमा म हुर्किएको हुँ । सानैदेखि फ्रक लगाएको हो । तीन वर्षसम्म फ्रक नै लगाएर बसेँ । म महिलाको समस्याहरु बुझ्छु । हुनत घरको साँचो महिलासँग मात्रै हुँदैन । समाजको साँचो महिलासँग हुन्छ । मैले चार पटक आफ्नो क्षेत्रबाट जितेँ । म महिला नै अगाडि भएर जितेको छु । महिला नभइ कुनैपनि घरको ढोका खुल्दैन । त्यसैले महिलालाई हामीले आदर गर्नुपर्छ ।’

सांसद कोईरालाले बिपी कोईराला बहुआयामिक व्यक्तित्व भएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?