विमान दुर्घटनाबारे गहन अध्ययन गर्न र मृतक परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग नेकपा एसको माग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन रुपमा अध्ययन गर्न सरकारसंग आग्रह गरेको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको केन्द्रिय कमिटीको बैठकमा सौर्य एयरलाइन्स दुर्घटनाबारे गहन रुपमा अध्ययन गर्न सरकासँग आग्रह गरिएको हो । बैठकका बारेमा जानकारी दिँदै पार्टीका नेता जगन्नाथ खतिवडाले सौर्य एयरलाइन्सको दुर्घटनाबारे मृतकप्रति श्रद्धाञ्जली दिँदै र दुर्घटनाको बारेमा गहन अनुसन्धान गरी दोषीमाथि कारबाही हुनुपर्ने बारेमा सरकारको ध्यानाकर्षण गराउनेबारे छलफल भएको बताउनु भयो । मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग समेत गरेको बताउनु भयो । उहाँले बैठकमा पार्टीको महाधिवेशनले दिएको म्याण्डेटअनुसार केन्द्रिय कमिटीलाई पूर्णता दिन बैठक बसेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टीको महाधिवेशनले दिएको म्याण्डेटअनुसार केन्द्रिय कमिटीलाई पूर्णता दिनको निम्ति ९३ जना सर्वसम्मत भएर निर्वाचित भएको केन्द्रिय कमिटीको बैठक बसेको हो । यो बैठक २९९ सदस्यीय केन्द्रिय सदस्यलाई पूर्णता दिने क्रममा त्यसको आधार, त्यसका मापदण्डहरु र त्यसलाई कसरी चाँडो भन्दा चाँडो सम्पनन गर्न सकिन्छ भन्ने विषयमा र यसमा के कस्ता समस्याहरु तल प्रदेशले झेलिरहनुभएको छ, त्यो प्रदेशका समस्याका बारेमा पनि छलफल गर्नेगरी आज हामी बसेका छौँ । कमिटीलाई पूर्णता दिने भन्ने विषय नै मुल कुरा हो । सौर्य एयरलाइन्सको दुर्घटनाबारे मृतकप्रति श्रद्धाञ्जली दिँदै र दुर्घटनाको बारेमा प्राविधिक पक्ष के थियो ? त्यसको छानबिन तत्काल गर्न र उपयुक्त समाधान निकाल्नुपर्ने । मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने ।’

उहाँले बैठकमा २९९ सदस्यीय केन्द्रिय सदस्यलाई पूर्णता दिने क्रममा त्यसको आधार, मापदण्ड र चाँडो सम्पन्न गर्ने भन्नेबारेमा छलफल हुने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?