
जाग्रेब । लोरेन्जो मुसेट्टी क्रोएसिया ओपनको क्वाटरफाइनलमा प्रवेश गर्नुभएको छ । दोस्रो वरीयताका मुसेट्टीले अर्जेन्टिनाका मार्को ट्रुंगेलिटीलाई सोझो सेटमा पराजित गर्नुभएको हो ।
उमागस्थित गोरान इभानिसेभिक स्टेडियममा २२ वर्षीय इटालियन खेलाडी मुसेट्टीले ट्रुंगेलिटीलाई ६-४ र ६-३ को सोझो सेटमा हराउनुभयो । यससँगै मुसेट्टी एटिपी २५० कोर्ट इभेन्टको अन्तिम आठमा प्रवेश गर्नुभएको छ । अब उहाँले सेमिफाइनल प्रवेशका लागि सर्बियाका डुसान लाजोभिकसँग खेल्नुहुनेछ ।
चौथो वरीयताका फ्रान्सिस्को सेरुन्डोलोले मातेज डोडिगलाई ६-३, ६-४ ले पराजित गर्नुभयो । यस्तै चेक गणतन्त्रका युवा खेलाडी जाकुब मेन्सिकले पाँचौँ वरीयताका लुसियानो डार्डेरीलाई ६-४, ६-३ ले पराजित गर्दै पहिलोपटक टुर लेभल प्रतियोगिताको क्वाटरफाइनलमा स्थान बनाउन सफल हुनुभयो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच